२०७७ मंसिर १३, शनिबार

दुर्घटनाअपडेटः उद्वारकार्य ढिलाे हुँदा मृतककाे संख्या बढेकाे स्थानीयकाे गुनाशाे

|
सुर्खेत ।दैलेख जिल्लाको  खिड्की जिउला नजिक  भएकाे वस दुर्घटनामा मृतकहरूकाे संख्या १२ पुगेकाे छ।  भेल्तडी र खिड्की जिउलाको बीचमा पर्ने नैनेलदेव मन्दिर नजिक वस दुर्घटना हुदा ११ जनाको मृत्यु भइसकेकाे छ   कालिकोटवाट सुर्खेत जाँदै गरेको ना ४ ख २९९८ वस दुर्घटना भएको हो । हाल सम्म दुर्घटनाका मृतकहरूकाे  पूणार् सनाखत हुन सकेकाे छैन । सनाखत भएकाहरूमध्ये अछाम भैरव स्थान घर भई कृषि सेवा केन्द्र राकम कर्णालीका ना.प्रा.स. धिरेन्द्र विसी, त्यसैगरी सिह बहादुर नेपाली(३१)पञ्चदेवविनायक नगरपालिका ९ कालेकाँडा अछाम र उनकी १० वर्षीय छोरी रुपा नेपाली, रास्कोट नगरपालिका ५ कालिकोटका धर्म शाही, प्रकाश शाही, रास्कोट नगरपालिका वडा नं ६ स्युनाका कविता शाही, रास्कोट नगरपालिका वडा नं ७ का युवराज शाही र सान्नी त्रिवेणी गाउँपालिका ५ का सुनिल शाही काे सनाखत भएकाे छ। ङार्इतेहरूकाे उपचारकालागि लैजानका लागि उद्दारकायर्मा ढिलार्इ भएकाले मृतककाे संख्या बढेकाे स्थानीय वासीकाे भनार्इरहेकाे छ । घार्इतेहरूलार्इ उपचारका लागि त्यहाँकाे स्थानीय प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा तत्काल लगिएकाे थियाे । घटनास्थलबाट सुर्खेत सम्म अाउनका लागि सडक मार्गबाट करीब ६ घण्टा लाग्ने भएकाे ले हेलिकप्टरकाे माग गरिएकाे थियाे । बस दुर्घटना भएकाे तीन घण्टापछि घटनास्थलमा हेलिकपटरपुगेकाे स्थानीय बासिन्दाले बताएका छन्र ।