२०७७ मंसिर १०, बुधबार

गोजुरियो करातकेका खेलाडी सम्मानित

सुर्खेत । काठमाडौंमा सम्पन्न ईन्डो–नेपाल गोजुरियो कराते प्रतियोगतामा पदक हासिल गर्ने सुर्खेतका पाँच खेलाडीलाई सम्मान तथा बधाई दिइएको छ । जेठ २७ र २८ गते काठमाडौंमा सम्पन्न भारत र नेपाल प्रतियोगितामा सुर्खेतबाट सहभागी पाँचै जना खेलाडीले विभिन्न पदक जितेको भन्दै गोजुरियो कराती संघ सुर्खेतले सम्मान तथा बधाई दिएको हो ।
प्रतियोगितामा सहभागी सन्दिप महतले स्वर्ण पदक, सविना राजीले कातामा स्वर्ण तथा कास्य, निरुता कोइराला, अविशेक कसेरा र उपेन्द्र शाहीले कास्य पदक जितेका थिए । सुर्खेतबाट सहभागी हुने यस अघिका खेलाडीहरुले समेत विभिन्न पदक जित्दै आएको प्रशिक्षक डम्बर शाहीले जानकारी दिए ।