२०७७ कार्तिक ६, बिहीबार

अनुशासनबिना विकासको परिकल्पना व्यर्थ छ

hemanta-kcजिल्लामा भित्रिएको सवै वजेट हेर्दा जाजरकोट उहीले नै विकासको मुल प्रवाहमा आईसक्नु पर्ने हो । प्राप्त भएको रकम वरोवरको वजेट सही रुपमा प्रयोग नहुँदा जिल्लामा आवश्यक वजेट भित्रिएर मात्र विकास नहुँदो रहेछ भन्ने स्पष्ट भएको छ ।

जिल्ला विकास समितीको रकमले निर्माण भएका सडकमा कत्तै पनि गाडी गुडेको देखिदैन् । केन्द्रवाट सडक निर्माणका लागी छुट्याएको वजेटवाट मात्र यहाँका केही ठाउँमा यातायात सञ्चालन भएको छ । जिल्लाको वजेटलाई सही रुपमा प्रयोग गरेर विकासका ढोका खोलेको भए जाजरकोटमा ८० प्रतिशत भन्दा वढी काम सम्पन्न भएको हुन्थ्यो ।

केही मुठी भरका मानिसको भरमा जिल्लाको विकास वजेट हालीमुहाली र कार्यक्रता पाल्ने प्रवृतीका कारण जिल्लाको विकास ३० वर्ष पछि धकेलिएको छ । जिल्लामा भएको विकास रकमलाई सदुपयोग गरी उर्चित योजनाका साथ अगाडी वढेको भए हामी र हाम्रा सन्नतीहरु उही पानीको धारा, उहि वाटो, उही गरिवी न्यूनीकरणका लागी दिनरात दौडिनु पर्ने अवस्था थिएन् ।

अन्य जिल्लाका भन्दा जाजरकोटमा वजेट कम आएको छैन । तर विकास निर्माणमा अनुशाषण नहुँदा भएभरको वजेट लगानी विहान वन्न पुगेको छ । अहिले निर्माण भएका दर्जन वढी सडकहरु ,पुलहरु,खानेपानी,विद्युत योजनाहरु केन्द्रवाट सिधै सम्वोधन गरेर थोरै भएपनि नेतृत्वको खवरदारीकाकारण विकासमा अनुशाषण देखिएको छ ।

जिल्लावाट विनियोजन हुँने अधिकांश रकम वर्षेनी एउटै टोल,वस्ती,गाउँमा दोहोर्याउने तर विकासमा अनुशाषण नहुँने कारणले गर्दा गरिव झन गरिव ,धनी झण धनी भएको देखिन्छ । गरिवको नाममा ठुला वडाको रजाईका कारण र कार्यक्रता मुखी वजेट परिचालन हुँदा विकासको अवरोध वर्षेनी हुँन सकेको छैन् ।

गाविसवाट निर्माण हुँने भौर्तिक पुर्णधारको कुनै खास नाम निशानै देखिदैन् । अनुगमणको नाममा वर्षेनी लाखै रकम फजुल खर्च गर्ने प्रवृती र योजना निर्माणमा दलका कार्यक्रताको वचावटले गर्दा वजेट विकास निर्मान भन्दा दलका कार्यक्रताको विकास भएको सिधै भन्न सकिन्छ ।

वषौदेखी एउटै उपभोक्ता समिती र एउटै ठाउँले गर्दा हामी पछाडी परेका छौ । वर्षेनी उपभोक्ताले राम्रो काम नगरेमा सम्वन्धित कार्यालयले असुल्ने रकम पनि मोटै रहेको छ । गाउँ वस्तीमा योजना पठाउँदा देखी नै कति प्रतिशत हामीलाई दिने भन्ने कुराको वहस सुरु हुन थाल्छ ।

निर्माण कार्य पुरा हुनजेल सम्म सदरमुकाम आउने र जाँने कुराले मात्र २५ प्रतिशत वजेट वाटोमै हजम हुने प्रवृतीले विकासमा अनुशाषण कम भएको स्पष्ट देखिन्छ ।

विकासमा केन्द्रिय स्तरको नेतृत्वले मात्र ठुला सपना देखेर वर्षेनी वजेट मोटो रकम पठाएपनि हाम्रा तल्लो स्तरको संरचनामा विकास मुखी भावनाको विकास नभए सम्म हामी जहाँका त्यही हुने कुरामा दुईमत छैन् । अहिलको दुई वर्षमा मात्र जाजरकोटमा विभिन्न आयोजनामा ठुलो रकम आएको छ ।

सो प्राप्त वजेटलाई कस्ले कहाँ कति काम गरेको छ भन्ने कुरामा हामी सचेत भएका छौ त । केही ठुला सडक आयोजनामा कत्ता वाट लिर्ने भन्ने विवादले गर्दा रकम फिर्ता भएको देखिएको छ । भएको र आएको वजेटलाई आ आप्ना स्वार्थका कारण प्रयोग गर्न नसक्ने अनि केन्द्रका नेतालाई दैनिक विभिन्न वहानमा गाली गर्ने प्रवृती वन्द गरिनु पर्दछ । जाजरकोटले धेरै यूगपछि देशको मुल राजनिती र राज्यसत्तामा आप्नो हिस्सा पाएको छ ।

देशको दुर्गम क्षेत्रवाट प्रतिनिधीत्व गर्ने एक जना अन्यय,अत्यचारका विरुद्धमा लडेको एक क्रान्तिकारी यूवा राज्यको मुल प्रवाहमा पुगेको अवसरमा फाईदा उठाउदै विकासमा अनुशाषणको पन देखाई केही गर्ने वेला आएको छ । हिजो सम्म जाजरकोट भन्न साथ कहाँ पर्दछ भन्ने अरु अहिले गृहमन्त्री शक्तिवहादुर वस्नेतको जिल्ला भन्न थालेका छन् ।

उनी गृहमन्त्री हुदा या नहुँदा जिल्लाको लागी ठुलै लगानी गरेका छन् तर उनले गरेको काम लाई मुख्य मूमिकामा राखेर सो प्राप्त वजेटलाई सहि रुपमा प्रयोग गरियो भने जिल्लाको विकासमा ठुलो आमुल परिवर्तन हुने देखिन्छ । सुर्खेत र सल्यानको क्षेत्रमा रहेको भेरी पुल उनीहरुको सरोकार नवन्दा १३ वर्ष सम्म अलपत्र परेको थियो । सो वाटो र पुल जाजरकोटको मात्र ठेक्का सम्झदा जाजरकोटले दुख व्याहोनु परेको हो ।

जाजरकोट क्षेत्र नं १ वाट शक्तिवहादुर वस्नेत दोस्रो संविधान सभामा चुनाव लड्दै गर्दा भेरीपुलको मुख्य एजेण्डा राखेर लडेका थिए । अखिर उनले भनेझै भयो उनले चुनाव जित्ते पनि । उनी जाजरकोटी जनताको साथकै कारण देशकै गृहमन्त्री भए । गृहमन्त्री भए लगत्तै भेरीपुल निर्माणमा चासो व्यक्त गरे ।

उनको चासो १३ वर्ष सम्मा सवैले लगाएको नजर भन्दा गृहमन्त्री शक्तिवहादुर वस्नेतले केही छिनमा लगाएको नजर फलदायस् भयो, अनि पुल निर्माण कार्य सम्पन्न पनि भयो । उनलाई जाजरकोट मात्र नभई रुकुम,सल्यान,डोल्पा र सुर्खेतका आम नागरिकले जय जय कार गरे ।

त्यस्तै उनको अर्को प्रतिवद्धता थियो जाजरकोटमा विद्युतको केन्द्रियलाई एक वर्ष भित्र ल्याईपुर्याउने , त्यो काम पनि अहिले निकै गतिमा गएको छ । उनले जिल्लाका लागी भनेका सवै कुरा अहिलेको वजेटमा सम्वोधन गरेको देखिन्छ । राज्यले कहिले पनि नसुनेको कुसेमुसी पर्यटनका लागी वजेट पनि यिनै शक्तिवहादुर वस्नेतको पालामा राज्यले सुन्न वाध्य भएको छ ।

तर हामी नागरिकको कर्तव्य के हो अर्थात तल्ला स्तरका सवै दलका कार्यक्रता ,कर्मचारी तन्त्र अव सो विनियोजन गरिएको वजेट सकरात्मक तरिकाले कार्यान्वयमा कतिको ईमान्दारीता देखाउँछौ त्यो पाटो अत्यन्त महत्वपुर्ण रहेको छ । अहिले प्रदेश नं ६ का अधिकांश गौरवशाली अन्यन्त महत्वपुर्ण योजना जाजरकोटवाट सुरु हुँदैछन् । नेपालकै भाग्य रेखा कोर्ने नलगाड जलविद्युत आयोजना जाजरकोटवाट सुरु हुँदै छ ।

जाजरकोट डोल्पा हुदै चाहिना जोड्ने सडक यहि स्थानवाट निर्माण कार्य जारी रहेको छ । अव हाम्रो काम भनेको माथी वाट पठाएको वजेटलाई अनुशासित भई कार्यान्वयन गर्ने हो । नत्र केन्द्रवाट लडी, भिडेर पठाएको वजेट अर्थ हिन हुने र जनताले फेरी पनि केही पाएनौ भन्ने आवाज सुन्न धेरै दिन पर्खनु पर्ने छैन ।