२०७७ मंसिर १७, बुधबार

एसएलसीका बोर्ड फर्स्ट, बाबुराम भट्टराईदेखि किशोर थापासम्म

काठमाडौं।राष्ट्रिय परिक्षा बोर्डले आज (शुक्रवार) माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ ।

एसईई परिक्षामा सामेल भएका ४ लाख ६२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गरेको हो । गत चैत ३ गतेदेखि १४ गतेसम्म एसईईको परिक्षा सञ्चालन भएको थियो ।

यसअघि एसएलसीको नाममा सञ्चालन हुँदै आएको यो परिक्षा पहिलोपटक एसईईको नामबाट सञ्चालन भएको थियो ।

सरकारले शिक्षा ऐन संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत, ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तहमा पुनर्संरचना गरेपछि यसअघि एसएलसी नाम दिइएको कक्षा १० को परिक्षालाई एसईई नामाकरण गरेको थियो । उक्त संशोधनले कक्षा १२ को परिक्षालाई एसएलसी नामकरण गरेको छ ।

सरकारले वि.सं. एलएलसी बोर्डको गठन गरी एलएलसीको परिक्षा लिँदै आएको थियो । यसअघि एसएलसीमा मुलुकभरबाट सबैभन्दा उच्च अंक ल्याउनेलाई ‘बोर्ड फस्र्ट’ घोषणा गर्ने गरिएको थियो । एसएलसी बोर्ड नै खारेज भएपछि उक्त प्रचलन नै हटेको छ ।

त्यस्तै, गत वर्षदेखि सरकारले अक्षराङ्कन प्रणालीमा एसईईको नतिजा सार्वजनिक गर्न थालेको छ ।
हेरौं, १९९० देखि २०७१ सालसम्ममा बोर्ड फस्र्टको सूची ः
१९९० –पुष्पभक्त मल्ल
१९९१ –गोपालप्रसाद रिमाल
१९९२ –यदुनाथ खनाल
१९९३ –श्यामकृष्ण गौतम
१९९४ –चन्द्रदेव ओझा
१९९५ –तीर्थप्रसाद प्रधान
१९९६ –भरतबहादुर प्रधान
१९९७ –भुवनलाल प्रधान
१९९८ –रुनुलाल सिंह सुवाल
१९९९ –तीर्थबहादुर प्रधान
२००० –ज्ञानमणि आचार्य दिक्षित
२००१ –विष्णुप्रसाद धिताल
२००२ –रञ्जनराज शर्मा खनाल
२००३ –उपेन्द्रमान मल्ल
२००४ –भवानीशंकर राजवंशी
२००५ –दामोदर फुँयाल
२००६ –शैदमोहन शाह
२००७ –नन्दकृष्ण अग्रवाल
२००८ –महाविरप्रसाद अग्रवाल
२००९ –बाबुलाल अग्रवाल
२०१० –पुरुषोत्तमनारायण श्रेष्ठ
२०११ –पदमलाल श्रेष्ठ
२०१२ –रामबाबु शर्मा
२०१३ –आनन्दमान सिंह अमात्य
२०१४ –दिव्यरत्न शाक्य
२०१५ –प्रकाशचन्द्र जोशी
२०१६ –शिवप्रसाद अधिकारी
२०१७ –रमेश शर्मा भट्ट
२०१८ –प्रचण्डजंग शाह
२०१९ –रमेशआनन्द वैद्य
२०२० –दीपक बज्राचार्य
२०२१ –भेषराज कँडेल
२०२२ –नरेन्द्रनाथ शर्मा
२०२३ –प्रकाश मानन्धर
२०२४ –डम्बरबहादुर नेपाली
२०२५ –भक्तबहादुर आले
२०२६ –बाबुराम भट्टराई
२०२७ –आंग्रिता शेर्पा
२०२८ –द्रोणप्रसाद रसाईली
२०२९ –राजेन्द्रकुमार कब्रा
२०३० –प्रमोदराज पोखरेल
२०३१ –किशोर थापा
२०३२ –रामचन्द्र शर्मा
२०३३ –बलराम पाण्डे
२०३४ –अनिलबहादुर मानन्धर
२०३५ –विजयकृष्ण श्रेष्ठ÷शतिस बजाज
२०३६ –उत्तमकृष्ण श्रेष्ठ
२०३७ –द्वारिकाप्रसाद श्रेष्ठ
२०३८ –अच्युतबाबु तिवारी
२०३९ –लुना भट्ट (पहिलो बोर्ड फस्र्ट महिला)
२०४० –निशा धौभडेल
२०४१ –शम्भुशरण शाह
२०४२ –राजनलाल प्रधान
२०४३ –दीपकुमार सिंह
२०४४ –प्रमोद आचार्य
२०४५ –राजेन्द्र गुरुङ
२०४६ –न्रिपेश प्रधान
२०४७ –मानव भट्टराई
२०४८ –प्रविनदेव पाठक
२०४९ –प्रकाश थपलिया
२०५० –गरिमा राना
२०५१ –पंकज अधिकारी
२०५२ –आयाम लामिछाने
२०५३ –विष्वबन्धु बगाले
२०५४ –मदनकुमार बडाल
२०५५ –वीरेन्द्र घिमिरे
२०५६ –सुम्निमा सिंह
२०५७ –स्वच्छन्द सनमेन
२०५८ –सुयोग भण्डारी
२०५९ –विशाल ज्ञवाली
२०६० –विशाल खनाल
२०६१ –समिर श्रेष्ठ
२०६२ –घोषणा नभएको
२०६३ –घोषणा नभएको
२०६४ –घोषणा नभएको
२०६५ –घोषणा नभएको
२०६६ –कल्पना बज्राचार्य (दावी गरिएको तर पुष्टि नभएको)
२०६७ –आकृति पाण्डे
२०६८ –अरुण कालिकोटे
२०६९ –अशिम घिमिरे
२०७० –दृष्ठि गिरी र सञ्जोग कार्की
२०७१ –दिक्षिक पौडेल