२०७७ मंसिर १०, बुधबार

एसईई नतिजामा जीवन र विजय सुर्खेत जिल्ला प्रथम भएको दावी

सुर्खेत । एसईई नतिजामा जनउच्चमावि र डिभि निकेतनले आफ्नो  अंक सबै भन्दा उत्कृष्ठ रहेको दावी गरेकाछन् । सामुदायिक विद्यालयतर्फ जनउच्च माध्यामिक विद्यालयले आफ्नो नतिजा उत्कृष्ठ भएको दावी गरेको छ भने डिभि निकेतनले संस्थागत विद्यालय तर्फ आ

(३.९५ औषत अंक प्राप्त गर्ने जनमाविका जीवन आचार्यः तस्वीर सौजन्य गोविन्द कोइराला)

फ्नो नतिजा जिल्ला उत्कृष्ठ भएको दावी गरेको छ ।
जन उच्च मावि वीरेन्द्र नगरका जीवन आचार्य र डिभि निकेतनका विजय भण्डारी ३.९५ (९८ं७५ प्रतिशत)का साथ सुर्खेत जिल्ला प्रथम भएको विद्यालयले दावी गरेकाछन् । सामुदायिक विद्यालय तर्फ जन माविले ३.९५ औसत अंकका साथ जिल्ला उत्कृष्ठ भएको दावी गरेकोछ ।

 

जनउच्च माविका कुल विद्यार्थीहरुमध्ये डि प्लसलाई गणना गर्दा ९० दशमलब ४ प्रतिशत विद्यार्थी उर्तिण भएका छन । विद्यालयका प्राचार्य

यामबहादुर श्रेष्ठका अनुसार जम्मा परीक्षा सहभागी २ सय ५४ मध्ये २ सय ३६ जना डि प्लस माथि उर्तिण भएकाछन् ।
त्यस्तै ए प्लस ल्याउने ८ जना, ए ल्याउने ५ जना, बि प्लस ल्याउने २३ जना, बि ल्याउने २८ जना, सि प्लस ल्याउने ६० जना, सि ल्याउने ५२ जना, र डि प्लस ल्याउने ६० जना भएको प्राचार्य श्रेष्ठले बताएकाछन् । अहिले सम्मको अपडेटमा सामुदायिक विद्यालयतर्फ आफ्नोे विद्यालय बराबर उत्कृष्ट नतिजा अरुको नभएको समेत बताएकाछन् ।
यता संस्थागततर्फ डिभि निकेतनले आफ्नो अंक उत्कृष्ठ भएको जनाएको छ । जम्मा २७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा २ जनाले ए प्लस, १० जनाले ए, ८ जना बि प्लस, ७ जनाले बि ग्रेड ल्याएका छन ।
संस्थागत विद्यालय तर्फ डिभि निकेतनले ३.९५ औसत अंकका साथ जिल्ला उत्कृष्ठ भएको दावी गरेकोछ । डिभिका प्रिन्सिपल सुनिल देवकोटाले सुर्खेतका कुनै पनि संस्थागत विद्यालयले आफ्नो विद्यार्थी बराबर औसत अंक हासिल नगरेकोले आफ्नो अंक उत्कृष्ठ रहेको दावीगरेकाछन् ।

यस सन्दर्भमा जिल्ला शिक्षा कार्यालय सुर्खेतका सुचना अधिकारी भोजप्रसाद लम्साल संग बुझदा उनले यी दुई विद्यालय बाहेक अरु कसैले आफनो अंक उत्कृष्ट भएको दावी नगरेको बताएकाछन् । लम्सालले जिल्लाको समग्र उतिर्ण प्रतिशत निकाल्न समय लाग्ने भएकाले तत्काल केही भन्न नसकिने समेत बताएका छन् ।