२०७७ माघ ७, बुधबार

एओएस दिवसको अवसरमा रक्तदान र म्याराथुन प्रतियोगीता सम्पन्न

असार । ३१ औं एओएस दिवसको अवसर पारेर एसओएस हर्मन माइनर मावि कालागाउँले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरेन्द्रचोकमा भएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका मन्त्री प्रदिप्त पौडेलले रक्तदान जीवनदान भएको भन्दै अरुको जीवन बचाउनका लागि रक्तदान गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा एसओएस बालग्रामका निमित्त निर्देशक सुशीलमणि ज्ञवालीले एसओएसले हरेक वर्ष सामाजिक सेवाका विभिन्न कार्यहरु गर्दै आइरहेको बताए । एसओएस हर्मनमाइनर विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर वलीले सामाजिक कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
यसैबीच, ३१ औं एसओएस दिवसको अवसर पारेर शनिबार आन्तरिक म्याराथुन प्रतियोगीता पनि सम्पन्न भएको छ । प्रतियोगीतामा माथिल्लो तहबाट छात्रतर्फ कक्षा ९ का सुमन बुढा प्रथम भए । कक्षा नौकै सुशान्त न्यौपाने र राजपति भण्डारी क्रमशः द्धितीय र तृतीय भए । यस्तै छात्रातर्फ दीपीका न्यौपाने, सीता शाही र पूजा विसी क्रमशः प्रथम, द्धितीय र तृतीय भए । तीनै जना कक्षा नौका विद्यार्थी हुन् ।
यस्तै मध्यम तहतर्फ छात्र समूहमा कक्षा आठका गणेश सुनार प्रथम, कक्षा सातका विष्णु वली द्धितीय र कक्षा आठका दीपेन्द्र शाही तृतीय भए । छात्रातर्फ कक्षा आठकी सुभेक्षा खड्का प्रथम, कक्षा सातका पूजा गाहा र शेष्ना श्रीपाली क्रमशः द्धितीय र तृतीय भएको कार्यक्रम संयोजक प्रवेश शर्माले बताए ।
निम्न तह छात्रतर्फ नरेश विक, रोशन घर्तीमगर र पुरनसिंह गुरुङ क्रमशः प्रथम, द्धितीय र तृतीय भ एभने छात्रातर्फ सुशीला चौधरी, सिम्रन विक र सुजाता शाही क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए । आन्तरिक म्याराथुन प्रतियोगीताको उद्घाटन विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर वलीले गरेको विद्यालय शिक्षक महेन्द्र चन्दले जानकारी दिए ।