२०७७ मंसिर १३, शनिबार

जेसीज द्धारा उत्प्रेरणा तथा सकारात्मक सोच विकास तालिम सम्पन्न

सुर्खेत, श्रावन ७ । उत्प्रेरणा तथा सकारात्मक सोच विकास विषयक तालीम शनीबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१७ ले तालीमको आयोजना गरेको हो ।

जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले युवाहरुको परिवर्तित सोचलाई व्यवस्थित गर्ने विषयमा तालीममा छलफल भएको बताउनुभयो । युवाहरुमा भएको शक्तिलाई समाजका लागि खर्चिन सके समाज परिवर्तन गर्न सकिने उहाँको भनाई छ ।

तालीममा वीरेन्द्रनगर जुनियर जेसिजका मानार्थ सल्लाहकार देवेन्द्र सेजुवाल, सुर्खेत महिला जेसिज वर्ष २०१७ का अध्यक्ष एकता बस्नेत, वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१० का अध्यक्ष गोबिन्द दाहाल, वर्ष २०१२ का अध्यक्ष राजकुमार सिंजापति, वर्ष २०१४ का अध्यक्ष तथा २०१६ का जुनियर जेसिज राष्ट्रिय कोर्डिनेटर हरिलाल खड्का, वर्ष २०१५ का अध्यक्ष मुना हमाल लगायतको उपस्थिति रहेको थियो ।

तालीम वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१७ का अध्यक्ष जगतराज अधिकारीको अध्यक्षता र तालीम संयोजक कार्यकारीणी उपाध्यक्ष विवेचना खनालको संयोजकत्वमा सम्पन्न भएको थियो ।