२०७७ मंसिर २०, शनिबार

रुकुममा आन्तरिक सडकको भाडा दरमा वृद्धि

सुर्खेत | बर्षायाममा यातयात सञ्चालनमा समस्या आएको भन्दै रुकुमका यातायात व्यवसायीहरुले आन्तरिक सडकहरुको भाडा दर बृद्धि गरेका छन् ।
वर्षाको समयमा गाडिमा लगानी धेरै हुने भन्दै भाडा बढाइएको सिस्ने हिमाल यातायात व्यवसायी समितिका अध्यक्ष जनक कुमार वाँठाले जानकारी दिनुभएको छ ।
रुकुम जिल्लामा सञ्चालित तीन यातायात व्यवसायिहरुले पाँचदेखि २० प्रतिशतसम्मले भाडा वृद्धि गरेको अध्यक्ष वाँठाले बताउनुभयो ।
वर्षायाममा कच्चि सडक भएका कारण रुकुमका स्थानीय वाटोहरुमा कतै पानी जमेको तथा कुनै ठाउँमा पहरो गएको कारण बाटोहरु बिग्रिएर स्थानीय भाडा वढाउनु परेको सानीभरी यातायात व्यवसायी समितिका अध्यक्ष मानबहादुर चदाराले जानकारी दिनुभयो ।