२०७७ माघ ४, आईतवार

वडा कार्यालय स्थापना

सुर्खेत, श्रावन १४।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ४ को वडा कार्यालयको स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालयको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि पुर्व मन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य यामलाल कँडेलले जनताले टिप्पणी नगर्ने गरी काम गर्न आग्रह गर्नुभयो । पछौटेपन समाजको प्रवृत्ति अनुसरण नगरेर काम गर्नुपर्ने उहाँको सुझाव थियो । वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले निर्वाचित जनप्रतिनिधिसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

वडा नम्बर ४ को आर्थिक रुपान्तरणको पाटोमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँको भनाई छ । कार्यक्रममा वडाध्यक्ष निककण्ठ खनालले प्राथमिकताका साथ हरेक योजनालाई बजेट विनियोजन गरेर काम गर्ने बताउनुभयो । जनतालाई निराश नपार्ने गरी काम गर्ने खनालले प्रतिवद्धता जनाउनुभयो ।