२०७७ मंसिर १०, बुधबार

जुनियर जेसीज द्धारा अनाथ बालबालिकालाई खिर खुवाईयो

सुर्खेत, श्रावन १५।  सुर्खेतको वीरेन्द्रनगरमा रहेको नवजीबन बालगृहमा साउन विशेष खिर खाने कार्यक्रम सम्पन्न गरिएको छ ।  वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१७ को आयोजना र एम्नेष्टि ईन्टरनेशनल नेपाल काँक्रेविहार युथ नेटवर्कको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

जेसिसका पदाधिकारी तथा सदस्यहरुले खाजा खर्च कटाएर जम्मा गरेको रकमले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक यज्ञ खत्रीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वीरेन्द्रनगर जुनियर जेसिजका मानार्थ सल्लाहकार देवेन्द्र सेजुवालले मानव सेवाका लागि चालेको यो कदम उदाहरणीय भएको भन्दै प्रशंसा गर्नुभयो ।

बाल संरक्षण केन्द्रमा रहेका ३९ जना बालबालिकालाई खिर खुवाईएको बताइएको छ । कार्यक्रममा नवजीबन बाल संरक्षण केन्द्रका संचालक मोहनदास गुरुङ्ग, वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१४ का अध्यक्ष तथा वर्ष २०१६ का राष्ट्रिय कोर्डिनेटर हरिलाल खड्का, वर्ष २०१४ का उपाध्यक्ष लोकेश खत्री, एम्नेष्टि ईन्टरनेशनल नेपालका कांक्रेविहार युथ नेटवर्कका संयोजक श्रृजना जिसी, वर्ष २०१७ का अध्यक्ष जगतराज अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संयोजक वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१७ का कार्यकारिणी उपाध्यक्ष यज्ञ खत्रीको संयोजकत्वमा सम्पन्न भएको थियो ।