२०७७ माघ ३, शनिबार

सहज सिंचाई पाए पछि किसानको अवस्था फेरियो

जाजरकोट, श्रावन १५ । भेरीको पानी तानेर सिंचाई गरेपछि जाजरकोटको भेरी नगरपालिका –१० राउत गाउँका धेरै किसानको आर्थिक अवस्था फेरिएको छ ।

उच्च मुल्य कृषि बस्तु विकास आयोजना सुर्खेतको सहयोगमा सिंचाईको व्यवस्था भएपछि धेरैको आर्थिक अवस्थामा सुधार आएको हो । आयोजनाले बेमौसमी तरकारी मुल्य श्रृङखलाकार्यक्रम अन्तर्गत सौर्य शक्ति प्रविधीद्वारा भेरीको पानी लिफ्ट गरी सिंचाई गर्ने व्यवस्था मिलाएको हो ।

आफुले अहिले आफ्नै खेतबारीमा आफुलाई चाहिने भन्दा बढी अन्नवाली उब्जाउने गरेको त्याँहाका किसानहरुले वताएका छन् । आयोजनाले यो प्रविधी जडान गरिदिएपछि राउत गाउँका ३७ परिवारले धान, गहँु, मकै लगाउन कम गरेर बेमौसमी तरकारी खेती गरिरहेका छन् । भेरीको पानी लिफ्ट गरी सिंचाई गर्दा अहिले किसानको वार्षिक ३०÷३५ हजार पुगेको उच्च मूल्य कृषि वस्तु विकास परियोजनाले जनाएको छ ।

आयोजना लागु भएको ७ वटा जिल्ला मध्ये जाजकोटमा पहिलो पटक पाइलट प्रोजेक्टको रुपमा यो सिचाई निर्माण गरिएको हो । गाउँको पुछारवाट बग्ने भेरी नदिको पानी तानेर गाउँ भरी सिंचाई सुविधा पु¥याइएको छ । ८० मिटर तलवाट भेरीको पानी तानेर गाउँको शिरानमा रहेको टंकीमा जम्मा गरी पाईपवाट गाउँभरी नै सिचाई गर्ने व्यवस्था मिलाइएको छ ।

२९ लाख २६ हजार २ सय २४ रुपैयाको लागतमा निर्माण भएको लिफ्ट सिंचाईको लागि आयोजनाले २४ लाख ८७ हजार २ सय ९० सहयोग गरेको थियो भने वाकी ४ लाख ३८ हजार ९ सय ३३ रुपैया किसानले व्यहोरेका थिए ।