२०७७ मंसिर १३, शनिबार

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको दाबी

सुर्खेत, श्रावन १६। अखिल क्रान्तिकारीको नेतृत्व लिन छात्राहरु अघि सरेका छन् । उनीहरुले पुरुषहरु मात्रै अध्यक्ष बन्ने परम्परा तोड्ने घोषणा पनि गरेका छन् ।

हालसम्म अखिल क्रान्तिकारीको नेतृत्वमा पुरुषहरुमात्रै छन् । छात्राहरु उपाध्यक्ष, सचिव भन्दा माथि उक्लिएका छैनन् । त्यसैले आइतबार अखिल क्रान्तिकारी छात्रा बिभागले आयोजना गरेको कार्यक्रममा छात्राहरुले अध्यक्ष, महासचिव र सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षमा पञ्चा सिंहले उम्मेदवारी घोषणा गरेकी छन् । पञ्चा सिंह हाल अखिल क्रान्तिकारीको उपाध्यक्ष छिन् । यसैगरी महासचिव र सचिवमा आधा दर्जन बढीले दाबी गरेका छन् ।

महासचिवको प्रमुख दाबेदार राजेश्वरी सुवेदी छिन् । महासचिवमै सुनिता किराँती, वृशिका राई, लक्ष्मी प्रधान, सपना प्रधान, आशा तमु र सुनिता यादवले समेत दाबी गरेका छन् ।

यसैगरी सचिवको दाबेदारमा विष्णु महत, स्मृति अधिकारी, एलिसा थापा विनु खड्का, बसन्ता भण्डारी, गंगा दाहाल, जस्मीन रेग्मी -जयन्ती), आशा खड्का छन् । माओवादी पार्टी सबैभन्दा बढी महिला मैत्री भएकाले अखिल क्रान्तिकारीको नेतृत्व अब महिलाको हातमा आउने अध्यक्षको दाबेदार पञ्चा सिंहको विश्वास छ ।

‘लेडिजलाई लिडरसीप नदिने, जेन्ट्सहरुलाई मात्रै दिने परम्परा जस्तो देखिएको छ अखिल क्रान्तिकारीमा त्यसलाई हामी ब्रेक गर्न चाहान्छौं,’ सिंहले भनिन्, ‘माओवादी पार्टीले अहिले महिला लिडरसीप सुनिश्चित गर्छ भन्ने हामीलाई विश्वास पनि छ ।’ अखिल क्रान्तिकारीको महाधिवेशन आगामी भदौ ७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।