२०७७ मंसिर १५, सोमबार

हुुम्लामा यस वर्ष स्याउ उत्पादन ११ प्रतिशतले बढ्ने अनुमान

हुम्ला, श्रावन  १९ । ६ नम्वर प्रदेशको हुुम्लामा यस वर्ष स्याउ उत्पादन ११ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।  स्याउ फुुल्ने बेला हिमपात हुुनुु र बर्खामा पनि समय समयमा पानी पर्नाले स्याउको उत्पादनमा वृद्धि हुने भएको हो ।

मौसमले साथ दिँदा यसपालि हुुम्ला जिल्लामा स्याउका बोटमा लटरम्म दाना लागेको र यसले गर्दा आम्दानीमा वृद्धि हुने सिमकोट गाउँपालिका वडा नम्बर २ का किसान गोरासिंह बोहोराले जानकारी दिनुभयो । एक सय बोट रोप्नुभएका बोहोराले गत वर्ष स्याउ कम फल्दा कम आम्दानी भएको बताउनुभयो ।

डेढ सय बोट भएको फार्मकी धनी सिमकोट–५ की हाँसुु रोकायाले पनि यसपालि कमाइ राम्रो हुने आशा व्यक्त गर्नुभयो । आफ्नो फार्मका सबै बोटमा स्याउ राम्रो फलेको र यसले गर्दा कमाइ पनि दरै हुनेमा रोकाया ढुुक्क हुनुुहुन्छ ।  हुुम्लाको सबै भू–भागमा स्याउ राम्रो फल्ने भए पनि हाल विशेष गरेर सिमकोट, खार्पुुनाथ, सर्केगार्ड र चंखेली र अदान चुुली गाउँपालिकाका किसानले व्यावसायिक रूपमा स्याउ खेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 अघिल्लो वर्षको तुलनामा यस वर्ष स्याउको उत्पादन ११ प्रतिशतले वृद्धि हुने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चन्द्रप्रसाद रिसालले बताउनुुभयो ।  हाल जिल्लामा फल्ने स्याउमा ८० प्रतिशत रेड डेलिसियस, १५ प्रतिशत ग्रीन डेलिसियस र चक्लेटी स्याउ पाँच प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।
कुल ४५७ हेक्टरमा एक लाख ३७ हजार एक सय बोट स्याउ लगाएकोमा १९० हेक्टर जमिनमा रोपिएका ५७ हजार स्याउका बोटले फल दिन थालेको उहाँले बताउनुुभयो ।।