२०७७ मंसिर १५, सोमबार

 प्रदेश स्तरीय कार्यशाला सम्पन्न

 सुर्खेत, श्रावन १९ । जलवायु परिवर्तन र वनको दिगो विकासका विषयमा ६ नम्वर प्रदेश स्तरीय कार्यशाला गोष्टी सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भएको छ ।
वनको दिगो व्यवस्थापन वन, वन बिनास रोकथामका उपायका वारेमा स्थानिय स्तरबाट सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरीएको हो ।
कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले वन संरक्षण गरेर मात्र लाभ नहुने भन्दै संरक्षित गरीएको वन लाई लगानी गरी जनताको आय सतर बृद्धि गनुृपर्नेमा जोड दिनुभयो ।

मध्यपश्चिमका क्षेत्रीय वन निर्देशक बिष्णु हरी आर्चायले वन क्षेत्रमा पनि लगानीको समभावना रहेको भन्दै लगानी कर्ताहरुलाइ लगानी गर्न आग्रह गर्नुभयो ।  उहाँले बन विनासका र अन्य मानविय क्रियाकलापबाट प्रतिबर्ष ०.००५ डिग्री सेलसियस तापक्रम बृद्धि भईरहेकोले मानविय अस्तित्व खतरामा रहेको वताउनुभयो ।

जिल्ला वन अधिकृत हेमराज बिष्टले विभिन्न मानविय कारणले हुने जलवायु परिवर्तनले समस्या निम्त्याईरहेको भन्दै सवै सचेत हनुपर्ने बताउनुभयो ।।