२०७७ माघ १२, सोमबार

जिसस जाजरकोटमा माओवादीका रावल निर्वाचित

जाजरकाेट, श्रावन १९ । जिल्ला समन्वय समिति जाजरकोटको संयोजकमा माओवादी केन्द्रका नेता मनबहादुर रावल विजयी हुनुभएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धबाट रावल संयोजकमा विजयी भएको निर्वाचन अधिकृत लिलाराज धिकारीले जानकारी दिनुभयो ।

त्यस्तै सहसंयोजकमा नेपाली कांग्रेसका नेता ज्ञानीप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । जिससको खुल्ला सदस्यमा नेपालीका कांग्रेसका कलदर सिंह, तेजविक्रम शाह र माओवादीमा तर्फबाट उम्मेदवार बनेका बीरबहादुर रावत निर्वाचित हुनुभयो ।

महिला सदस्यमा माओवादी केन्द्रका गरिमा शाही र सरस्वती बिष्ट र नेपाली कांग्रेसकी जनकेरी दमाई र दलित सदस्यमा नेपाली कांग्रेसका जनकबहादुर नेपाली निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

नेकपा एमालेका तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा गोरेबहादुर कार्की र सहसंयोजकमा कमला कुमारी शाहीले मनोनयन पत्र दर्ता गराउनुभएको थियो ।

जाजरकोटका ७ वटा स्थानीय तहमध्ये कुनै पनि दलको एकलौटी बहुमत नआएपछि जिससमा नेपाली काँग्रेस र माओवादी केन्द्रवीच गठबन्धन भएको हो । जाजरकोटमा एमालेले ३ तथा माओवादी केन्द्र र कांग्रेसले २÷२ वटा स्थानीय तह जितेका छन ।।