२०७७ मंसिर १५, सोमबार

कृषकहरुलाई उचित बजारिकरण नहुँदा समस्या

सुर्खेत, श्रावन २०। सुर्खेतका अधिकांश कृषकहरुले उचित बजारिकरण नहुँदा समस्या भएको बताएका छन् । आफुहरुले उत्पादन गरेको तरकारीको उचित बजार नपाउँदा र सिंचाईँको सुविधा नहुँदा उत्पादित कृषि वस्तु खेर गएको उनीहरुले गुनासो गरेका छन् ।

बराहताल गाउँपालिकाका शरदबहादुर बिसीले निर्वाहमुखी भन्दा पनि उत्पादन मुखी कृषितर्फ सम्बन्धित निकायले जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले कृषि पकेट क्षेत्र घोषणा गर्न पनि माग गर्नुभयो । सिम्ता गाउँपालिका ४ कि मीना केसीले तरकारी खेती गर्नका लागि सिंचाईँको सुविधा नहुँदा समस्या हुने बताउनुभयो ।


बजार व्यवस्थापन र सिंचाईको व्यवस्था नहुनु एउटा समस्या हो भने तरकारी बालीमा मनपरी ढंगले विषादीको प्रयोग गर्नु अर्को समस्या हो । कतिपय ठाउँमा जनचेतनाको कमीका कारण कृषकहरुले विषादीको प्रयोग अत्याधिक रुपमा गरिरहेका हुन्छन् । यसै सन्दर्भमा लेकवेशी नगरपालिका १ का देवप्रसाद सापकोटाले विषादी भन्दा प्रांगारिक मल प्रयोग गरिरहेको बताउनुुभयो ।

पञ्चपुरी नगरपालिकाकी तुल्सीकुमारी जोशीले पनि घरमै बनाएको मलको प्रयोग गरिरहेको बताउनुहुन्छ । कृषकहरुले धेरै उत्पादन गर्ने भन्ने निहुँमा जथाभावी रुपमा विषादी प्रयोग गर्दा उपभोक्तासँगै स्वयम् आफैलाई नै असर गरिरहेको हुन्छ । विषादीको प्रयोग पनि विधि अपनाएर सिमीत मात्रामा प्रयोग गरेमा यस्को असर केही कम भने हुन सक्छ । तरकारीमा प्रयोग गरिने विभिन्न किसीमका विषादीहरुको मात्रा कम गर्नलाई के गर्न सकिन्छ त, जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक खगेन्द्रबहादुर खत्री ।

धेरैजसो कृषकहरुले जथाभावी रुपमा विषादीको प्रयोग गर्दा यस्को असर आम उपभोक्तामा परिरहेको हुन्छ । अर्गानिक खेतीतर्फ कृषकहरुलाई आकर्षण गरेमा स्वस्थ तरकारी बाली उत्पादन हुन सक्छ । त्यसकारण सम्बन्धित निकायको ध्यान यसतर्फ जान जरुरी छ ।

अव हामी सबै छरियर रहेका दाजुभाईहरु एकैपटक फुर्सदको समायमा छलपल गर्नु प¥यो कसो होला ।