२०७७ मंसिर १६, मंगलवार

जिसस निर्वाचनमा काङग्रेु र एमाले द्धारा मनोनयन दर्ता

सुर्खेत, श्रावन २०। साउन २३ गते हुने जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनका लागि दुई ठुला दलले मनोनयन दर्ता गराएका छन् । विहीबार ¥यालीसहित जिल्ला समन्वय समितिको कार्यालय पुगेको टोलीले मनोनयन दर्ता गरेको हो ।

यसअघि बुधबार सम्पन्न पार्टीको बैठकबाट कांग्रेसले छवि सिग्देललाई जिल्ला समन्वय समितिको संयोजकमा चयन गरेको छ ।  जिल्ला सभापती कमलराज रेग्मीले जिल्ला समन्वय समितिको वैठकवाट सिग्देल सहित ९ जनालाई सिफारिश गरि टुंगो लगाएको वताउनुभएको हो ।

बैठकले देवी भट्टराइलाई सहसंयोजक सिफारिश गरेको छ भने मटेलाका पूर्व गाविस उपाध्यक्ष एवं पार्टी सदस्य विर सिं घर्ती, वीरेन्द्रनगर महिला संघकी सभापती पूर्ण कुमारी चालिसे, पार्टीका सक्रिय सदस्य रम्बा विसी, तिर्थ रावत, बालकुमारी पुन, दलित संघ जिल्ला उपाध्यक्ष पुसे कामी र गुर्भाकोट नगरकार्यसमिति सचिव बासुदेव शर्मालाई सदस्यमा सिफारिश गरेको छ ।

यसैबिच, संयोजकमा छनौट हुनुभएका छवि सिग्देलले विजयी भएपछि सबैसँग सल्लाह र समन्वय गरेर भावी योजना तयार पार्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमाले सुर्खेतले पनि स्थायी कमिटिको वैठकवाट प्रमुखमा टोपबहादुर रास्कोटी र उपप्रमुखमा दीपा चन्द मल्लको नाम दर्ता गराएको छ ।

छनौट हुनुभएका रास्कोटी एमाले सुर्खेतका उपसचिव र मल्ल जिल्ला कमिटि सदस्य एवम् सिम्ता गाउँपालिका वडा नम्बर ८ का महिला सदस्य हुनुहुन्छ । उता, माओवादी केन्द्र सुर्खेतले भने यसका लागि छलफलमै रहेको जनाएको छ । जिल्लास्तरमा सहकार्यको वातावरण नबनेमा उम्मेद्वारको टुंगो नलाग्ने नेकपा माओवादी श्रोतले जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि आगामी साउन २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति नौ सदस्यीय हुनेछ । समितिमा तीनजना महिला सदस्य अनिवार्य हुनुपर्नेछ भने दलित र अल्पसंख्यकबाट पनि सदस्य निर्वा्चित गर्नुपर्नेछ ।

समन्वय समितिमा उम्मेदवार बन्न पाउने अधिकार भने गाउँ र नगरपालिकाबाट निर्वा्चित सदस्यलेमात्र पाउनेछन् । उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखजस्तै गरी निर्वाचत हुनुपर्ने ऐनमा व्यवस्था रहेको छ ।