२०७७ मंसिर १६, मंगलवार

पहाडमा पहिराे र तरार्इमा बाढीले वितण्डा मच्चायाे, ११ जिल्लाहरुमा ३३ जनाकाेज्यान गयाे, हजाराैलार्इ प्रभावित बनायाे

 

काठमाडौं । लगातारको वर्षापछि तराई मधेसमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा गरी बाढी र पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् ।

कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ ।

नदीहरुमा आएको बाढी गाउँ पस्दा झापा, मोरङ सुनसरी, सप्तरी, रौतहट, सल्लाही, दाङ, बाँके सहितका जिल्लाका बस्तीहरु डुवानमा परेका छन् । बाढी पूर्वानुमान शाखाले तराई मधेसका जिल्लाहरुमा डुबानको खतरा कायमै रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।

शाखाका अनुसार तराई क्षेत्रका नदीहरुमा अझै पनि बाढीको जोखिम उच्च छ । केही नदीमा जल सहत बढ्दो छ भने केहीमा खतराको तहभन्दा माथि पुगिसकेको छ ।

यस्तै मध्य पहाडी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले धनजनको क्षति भएको छ ।

झापाः जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै वषर्ामा भएको छ । शिवसताक्षी नगरपालिका-१० मा रहेको गैंडे जल तथा मौसम मापन केन्द्रका अनुसार शनिबार ३७६.५ मिलिमिटर वर्षा भएको हो ।

यसअघि २०५२ साल भदौ ५ गते २७७.८६ मिलिमिटर वर्षा भएको थियो । अहिले साँझ झापाको कनकाई नदीमा पानीको सतहले खतराको सूचि नाघेको छ । कनकाई नदीमा पानीको बहाव ६.५ मिटरमा पुगेको छ । सामान्यतः पानीको सतह ४.२ पुगेपछि खतरा मानिन्छ ।

विभिन्न नदीमा आएको बाढीका कारण ७ जना बेपत्ता छन् । जिल्लाका १ हजार २ सय ४९ घर परिवार प्रभावित भएका छन् भने १ हजार २ सय ६९ घर परिवार विस्थापित भएका छ ।

१ हजार १ सय ६६ घरमा आंशिक क्षति पुगेको छ ।

सुनसरीः धरान र इटहरीका साथै जिल्लाका धेरै भूभाग डुवानमा परेको छ । इटहरी उपमहानगरमा बाढीले बगाएर  ६ जनाको मृत्यु भएको छ । स्थानीय ट्यांग्रा खोला र बुढीखोलाको किनारमा ५ जनाको शव भेटिएको छ भने तरहरामा एकजना वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयसमेत डुवानमा परेको छ । सेनाको ब्यारेक भित्रै पानी पसेपछि केही सामान सुरक्षित स्थानमा सारिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च स्थानमा पुगेको छ ।

बिराटनगरः अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ र दुई दिनयता उडान तथा अवतरण ठप्प भएको छ । विमानस्थल प्रवेश गर्ने प्रवेशद्वारदेखि नै पानी भरिएको छ र सवारी लिएर वा पैदल हिँडेर मुख्य सडक पार गरी विमानस्थल पुग्न सक्ने स्थिति छैन ।

बक्राहा नुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा केराबारी कुसुमेका मिनबहादुर थापा र मिक्लाजुङ रातमाटेका गंगाराम खतिवडाको मृत्यु भएको छ । बाढीले मोरङमा पनि २३ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

मोरङका थुप्रै बस्तीहरु जलमग्न बनेका छन् । बाटामा सवारी साधनहरु चल्न सक्ने स्थिति छैन । घरहरु पनि भुइँतलामा बस्न नसक्ने गरी डुबानमा परेका छन् ।

बाँकेः बाढीले राप्तीसोनारी गाउँपालिका-४ लालपुर गाउँका घर भत्काउँदा तीन बालिकाको मृत्यु भएको छ । बाढीले कमीलाल थारुको घर भत्किँदा तीन छोरीको मृत्यु भएको र आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।

भोजभगवानपुर, मटहिया, गंगापुर गाउँका मानिसहरुलाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । उनीहरुलाई नरैनापुरको सुरक्षित स्थानमा लागेको छ । वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

कोहलपुर नगरपालिकाका केही गाउँ डुबानमा परेका छन् । राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु छत तथा अग्लो स्थानमा बसेर सहयोग मागिरहेका छन् ।

सर्लाहीः वर्षाले सर्लाहीको जनजीवन प्रभावित भएको छ । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा दर्जनौं घर डुबानमा परेका छन् । प्रहरीका अनुसार वर्षासँगै आएको बाढीले सर्लाहीमा झण्डै सात सय घर डुबानमा परेका छन् ।

घर भत्किएर धनकौल गाउँपालिका-१ मानपुरका ७५ वषर्ीय वृद्ध किशोरी रायको मृत्यु भएको छ । सर्लाहीको बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके, झिम, मनुषमारा जस्ता खोलामा पानीको बहाव उच्च भएको छ ।

रौतहटः तीन दिनदेखि परेको अविरल वर्षाका कारण रौतहट जलमग्न भएको छ । झाँझ, बागमती र लाल बकैया नदीमा आएको बाढीलेसबै गाँउपालिका र गौर, गरुडा र चन्द्रपुर नगरपालिका केही भूभाग डुबानमा परेका छन् ।

पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ । वषर्ाको पानीले बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्ध ठाँउठाँउमा भत्किएकाले तटबन्ध नै भत्काउने खतरा बढेको छ ।

लालबकैया नदीमा पानीको बहाव बढेका कारण बन्जरहा, इनर्वा, लक्ष्मीनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडका स्थानीयमा त्राश बढेको छ । बाढीको पानीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ ।यस्तै फतुवामहेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीमा डुबानमा पारेको छ । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीमा पनि बाढी पसेको छ । लालबकैया नदीको बहाव उच्च भएपछि करुनिया र देवाहीमा लाल बकैयाको बाँध भत्काएको छ । बाँध भत्किएपछि देवाही- को एक घरमा २०० जना भन्दा बढी स्थानीयबासी फसेका छन् । तटबन्ध भत्काएर आएको बाढीबाट बच्न उनीहरु ीन तल्ले घरमा परेका छन् ।

तर, उनीहरुलाई सुरक्षित स्थानमा लैजान अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए । उनका अनुसार उद्दारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरिए पनि प्रतिकुल मौसमका कारण उडान भर्ने अवस्थामा छैन ।

यस्तै परोहा गाउँपालिकास्थित करुनिया गाउँ नजिक लाल बकैया नदीको पूर्वी बाँध भत्किएको छ । इनर्वा गाउँका बासिन्दालाई अन्यत्र सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । तर, बाँध मर्मत र स्थानीयबासीलाई अन्यत्र सुरक्षित स्थानमा सार्न गएको प्रहरी टोली समेत बाढीमा फसेको छ । देवाही ९ मा स्थानीयलाई उद्धार गर्न गएका ११ जनाको प्रहरी टोली आफैँ बाढीमा फसेको छ भने प्रेमपुर गोनही ८ मा पनि प्रहरी हवल्दार र प्रहरी जवान बाढीमा फसेका छन् ।

सिरहाः अविरल वर्षाका कारण सिरहाका दर्जनौं गाउँ डुवानमा परेको अधिकारीहरुले बताएका छन् । डिमा खोलाको बाढी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका- ६ गौताडीका दर्जन बढी घर डुवानमा परेका हुन् । बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका-४ मा रहेका घरमा पसेको छ । मिर्चैया, गोलबजार, लहान, सुखिपुरका घर डुवानमा परेको अधिकारीहरुले बताएका छन् ।

सप्तरीः लगातारको वर्षा र बढीले सप्तरीको झण्डै ८० प्रतिशत भूभाग डुवानमा परेको छ । अधिकारीहरुका अनुसार विभिन्न खोलामा आएको बाढीका कारण तीन हजार घर डुबानमा परेको छ भने एक हजार परिवार विस्थापित भएका छन् ।

बाढीको पानी बस्तीमा पसेपछि हनुमाननगर, तिलाठी को बसाइन, इनरुवा, रामपुरा मलहनियाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ । सुरक्षाकर्मीसहितको टोली लिएर प्रमुख जिल्ला अधिकारी आफैं उद्दारका लागि रामपुरमा पुगेका छन् । बाढी प्रभावितको अवस्था भयावह छ ।

जनकपुरः अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ । पानीको उचित निकास नहुँदा सडक जलाशयमा परिणत भएको छ भने घरहरुमा पानी पसेको छ । सरकारी कार्यालयहरु पनि डुबानमा परेका छन् भने जनकपुर अञ्चल अस्पतालमा दुई फिटसम्म पानी जमेको छ ।

सिन्धुलीः कमलामाई नगरपालिका गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर उदयबहादुर खड्काको घर भत्किँदा उनकी पत्नी दुर्गा, छोराहरु अनिष र मनिष तथा छोरी शोभाको मृत्यु भएको हो । उदयबहादुरको भनेे उद्धार गरिएको छ ।

गृहमन्त्री शर्माको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन, उद्धार कार्य तीव्र
अविरल वर्षाका कारण देशै भरी जन धनको क्षति बढन थाले पछि, शनिबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रिय कमाण्ड पोष्ट गठन गरिएको छ ।


शनिबार बिहान ८ बजे दखि बेलुका सम्म बसेको बैठकले गृहमन्त्री शर्माको नेतृत्वमा उद्धार कार्य चुस्त तथा छरितो बनाउन र बाढी पिडीतहरुको व्यवस्थापन गर्नका लागि केही महत्वपुर्ण निर्णयहरु गरेको छ । शनिबारनै गृहमन्त्री शर्माले बेलुका साढे ७ बजे नै केन्दि«य दैवी प्रकोप उद्धार समितीको बैठक बोलाएर सरोकारवाला मन्त्रालय तथा व्यक्तित्वहरुसँग थप रणनीति तय गर्न परामर्श गर्नु गरेका थिए । प्रभावित क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली पु¥याउने, यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधीहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने लगायतका निर्णयहरु भएका छन् ।

११ जिल्लाहरुमा ३३ जनाकाेज्यान गयाे
शनिबार साझ सम्म, मुलुकका ११ जिल्लाहरुमा ३३ जनाले ज्यान गुमाएका छन्।गृहमन्त्रालयका अनुसार पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ्ग–३, सुनसरी–७, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१० गरी जम्मा ३३ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही मानिसहरु घाइते भएका जानकारीमा आएको छ

उद्दारमा सुरक्षा निकाय
नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएका छन् ।
भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ ।
खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ । सुर्खेतमा रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुबानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिब २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ । झापाकोे मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ््टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको छ । तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको छ । नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलीहरु स्टेन्डबाई राखिएको छ । मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेली उडान हुन सकिरहेको छैन । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको छ । औषधी सहितको स्वस्थ्यकर्मीहरुको टोलीहरु प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ ।
यसैगरी निजी क्षेत्रका हेलिकप्टरहरु प्राथमिकताका साथ परिचालन गर्र्ने व्यवस्था मिलाउन नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ । देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि रहेको हुँदा सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । साथै प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न स्थानीय भाषाहरुमा एफ।एम।हरु मार्फत् सर्वधारणहरुलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अपिल गरिएको छ । यी सबै कार्यहरुका लागि आज बिहानै देखि केन्द्रबाट आवश्यक समन्वय र साधन श्रोत परिचालनका लागि सहयोग पुरयाउने कार्यहरु भैरहेको छ । केन्द्रबाट तालिम प्राप्त जनशक्तिहरुलाई बाढी प्रभावित क्षेत्रहरुमा पठाइएको छ । यस प्रकारको विपत्तीमा परी ज्यान गुमाउनुहुने सवै प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार कार्यमा अहोरात्र खटिने निजामती राष्ट्रसेवक, नेपाली सेना, प्रहरी, विभिन्न संघसंस्थाका सदस्यहरु, स्थानीयबासी सबैमा हार्दिक धन्यवाद दिदै सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन समेत गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
विगत केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण मुलुकका विभिन्न १५ भन्दा वढी जिल्लाहरु प्रभावित भएका छन । यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरिएको छ । खोज तथा उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको छ । गृह प्रशासनले नेपाल सरकारका सबै निकायहरुबीच आवश्यक समन्वय गरिरहेको छ । डुबानका कारणले कतिपय स्थानहरुमा मानिसहरु अलपत्र परेको जानकारी आएको र जोखिममा रहेका नागरिकहरुको खोज तथा उद्दार कार्य तिव्रताका साथ भइरहेको छ भने मृतकहरुको शव व्यवस्थापन सम्बन्धी कार्यहरु भैरहेको छ ।

(अनलाइन खबर र गृहमन्त्रालयकाे सुचनाकाे सहयाेगमा)