२०७७ मंसिर ११, बिहीबार

सुर्खेतमा तिजको रौनक १५ तस्विर

सुर्खेत, श्रावन २९ । विगत दुई वर्षदेखि सुर्खेतमा तिज सांस्कृतिक कार्यक्रम र महिला सम्मान गर्दै आएको दिदी नेपाल काठमाण्डौले विद्यालयस्तरीय तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । हरितालिका तिजको अवसर पारी शनीबार विद्यालयस्तरीय तिज नृत्य प्रतियोगिता र महिला सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

नृत्य प्रतियोगितामा सुर्खेतका १५ वटा माविस्तरीय विद्यालयका छात्राहरुबिच प्रतिस्पर्धा गरेका थिए । सांस्कृतिक कार्यक्रममा सुर्खेतका नौ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई दोसल्ला ओडाएर प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

त्यसैगरी कार्यक्रममा राजनितिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, कलाकारिता, पत्रकारिता खेलकुदलगायतका क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई पनि सम्मान गरिएको छ । पछिल्लो समय तिज भड्किलो बन्दै गएको भन्दै दिदी नेपालका अध्यक्ष नन्दा बस्यालले तिजको समयमा मौलिकतालाई नबिर्सीएर तिज मनाउनुपर्छ भन्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । तिजलाई भड्किलो नबनाउन पनि उहाँको सुझाव छ ।
जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसंयोजक देवी भट्टराई, उपप्रमुख मोहनमाया ढकाल, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुलगायतको सहभागिता थियो ।