२०७७ माघ ४, आईतवार

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

काठमाडौं — नेपाल पत्रकार महासंघको अध्यक्षमा  गोविन्द आचार्य विजयी भएका छन् ।  उनी निकटतम प्रतिद्धन्द्धी  तीर्थ कोइरालालाई हराउँदै अध्यक्षमा प्यानलसहित विजयी भएका हुन् ।  

प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानलबाट चुनाव लडेका आचार्यले ७३२ मत प्राप्त गर्दा  प्रेस चौतारीसहितका  संयुक्त प्यानलबाट चुनाव लडेका कोइरालाले ६२७ मत प्राप्त गरे ।  नतिजाअनुसार उपाध्यक्ष, महासचिव, सचिव सहितका पदमा   आचार्य प्यानल विजयी भएको छ । 

उपाध्यक्षमा विपुल पोखरेल ७९६ मतका साथ विजयी भएका छन्  भने महासचिवमा रमेश विष्ट ७५१ मतका साथ विजयी बनेका छन्  ।
सोमबार भएको मतदानमा एक हजार ५०८ मतदातामध्ये कूल एक हजार ४४९ मत खसेको थियो  | मतगणनाको  आज विहान अतिम नतिजा आएको हो ।