२०७७ माघ ४, आईतवार

एकैदिन मंसिर १० गते प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन हुने

काठमाडौं   |  सरकारले मंसिर १० गते एकैदिन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गर्ने गरी मिति घोषणा गरेको हो ।

सरकारका प्रवक्ता मोहन बस्नेतले निर्वाचन आयोगले दिएको सुझाबका आधारमा निर्वाचन मिति तोकिएको बताए । निर्वाचनको मिति घोषणाको निर्णय मंगलबार निर्वाचन आयोगलाई पत्र लेखेर जानकारी गराउने सरकारी तयारी छ ।

सरकारले करिब ३ महिनाको समय राखेर निर्वाचन मिति घोषणा गरेको हो । यसबीचमा सरकारले प्रदेश नं. २ मा तेस्रो चरणको स्थानीय निर्वाचन गर्नै बाँकी छ भने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी गर्नुपर्नेछ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि ९ चुनौती देखापरेका छन् ।

बाढीले भत्काएका सडक निर्वाचनअघि नै मर्मत गर्न माग
राजनीतिक दलका नेताहरूले तराईमा बाढीले क्षति पुर्याएका सडक मर्मत स्थानीय निर्वाचनअघि नै गर्न माग गरेका छन् । निर्वाचनअघि सडक मर्मत गर्न नसके निर्वाचनको मिति सार्न उनीहरूले जोड दिएका छन् ।

निर्वाचन आयोगले सोमबार वीरगन्जस्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजना गरेको अन्तक्र्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिले निर्वाचनअघि सडक मर्मत नहुने हो भने मिति सार्न माग गरेका छन् । भीषण बाढीका कारण तराईमा ठूलो जनधनको क्षति हुनुका साथै सडकहरू पनि बिग्रिएकाले तत्काल मर्मत गर्न उनीहरूको माग छ ।

सहभागी प्रतिनिधिले बाढीले विभिन्न स्थानको पूर्वाधार भत्काएकाले जतिसक्दो चाँडै मर्मत गरे निर्वाचनको माहोल बनाउन सक्ने माग गरे ।