२०७७ माघ १४, बुधबार

जाजरकोटमा पहिलो पटक साना हयाचरी सञ्चालनमा

सुर्खेत, भाद्र २० । जाजरकोटमा पहिलोपटक साना हयाचरी सञ्चालनमा ल्याइएको छ ।  नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले भेरी नगरपालिका ३, खलंगाले साना हयाचरी सञ्चालनमा ल्याएको हो ।

जिल्ला पशु सेवा कार्यालय अन्तर्गतको कृषि तथा खाद्य सुरक्षा कार्यक्रम आयोजनाको आर्थिक सहयोगमा हयाचरी सञ्चालन भएको हो । पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक केशव अछामीले हयाचरीको उद्घाटन गर्नुभएको छ ।

स्थानीय स्तरमा चल्ला उत्पादन गरी किसानको आय वृद्धि गर्न र स्वच्छ मासु तथा अन्डा आपूर्तिले पोषण सुधारमा सघाउ पु¥याउने उद्देश्यले हयाचरी सञ्चालन गरेको कार्यक्रम निर्देशक अछामीले बताउनुभयो ।

हयाचरीको २१ दिनको सेटमा १८० चल्ला उत्पादन क्षमता रहेको छ ।  हयाचरीबाट वर्षमा ५ हजार चल्ला उत्पादन गरी नागरिक कृषि तथा पशुपालन सहकारी संस्थामार्फत किसानलाई वितरण गर्ने लक्ष्य रहेको छ ।