२०७७ मंसिर १६, मंगलवार

बफादारी कुकुर, मरिसकेको मालिकलाई ८ महिनादेखि अस्पताल बाहिर कुर्दै

dogकुकुरलाई निकै बफादार प्राणी मानिन्छ । जब कुनै कुकरले एकपटक आफ्नो मालिक वा आफुलाई पाल्ने मान्छेलाई माया गर्दछ तब भलै उसको मालिकले उसलाई किन नछाडोस् तर उसले पछ्याइरहन्छ ।

हाचिको डग नामक एउटा विदेशी फिल्म हेर्नुभएकै होला । त्यहाँ नाट्यशालाभित्र छिरेर भित्रै हृदयाघात भएर मरेको आफ्नो मालिकलाई वर्षौँसम्म उसको कुकुरले नाट्यशालाको बाहिर पर्खिरहन्छ । मालिक बाहिर आउने आशामा कुर्दाकुर्दा अन्तिममा हिउँले कठ्यांग्रिएर त्यो कुकुर मर्दछ । यस्तै घटना ब्राजिलमा घटेको छ ।

ब्राजिलको फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको छ ।

उक्त अस्पतालमा उसको मालिकलाई उपचारका लागि लगिएको थियो र उपचारका क्रममा उनको निधन भएको थियो । मालिकलाई अस्पतालमा उपचारका लागि ल्याउँदा उक्त कुकुर एम्बुलेन्सको पछि पछि कुँदेर अस्पतालसम्म आएको थियो ।

उपचारका लागि मालिकलाई भित्र लगियो तर कुकुर भित्र जान पाउने कुरा भएन । ऊ बाहिरै उभिइरह्यो । त्यो कुकुरलाई आफ्नो मालिक मरेर अन्त्यष्टि पनि भैसकेको थाहा छैन रु मालिक बाहिर आउनेछन् र सँगै घर लग्नेछन् भन्ने आशामा ८ महिनादेखि अस्पताल बाहिर रुँगेर बसिरहेको छ । कोही बिरामी बाहिर आउँदा कतै आफ्नो मालिक पो हुन् की भनेर दौडिँदै उतै जान्छ, तर नचिनेको मान्छे देखेपछि फर्किन्छ ।

कुकुरको यस्तो बफादारी देखेर अस्पतालका स्टाफ तथा त्यहाँ आउने सबै मानिसहरु भावविह्वल बनिरहेका छन् । यो कुकुरलाई कतिले आफ्नो घरमा लगेर पाल्न चाहे । तर उसलाई जहाँ लगेपछि फर्केर अस्पतालमै आउने गरेको छ । अहिले अस्पतालका स्टाफहरुले नै उसको पालनपोषण गर्ने गरेका छन् ।

सम्बन्धित समाचार