२०७७ मंसिर १३, शनिबार

मिनिट्रकको ठक्करबाट बालिकाको ज्यान गयो

दैलेख, भाद्र २० । दैलेखमा मिनिट्रकको ठक्करबाट २ बर्षिया बालिका मिना अर्यालको ज्यान गएको छ । दैलेखबाट सुर्खेत तर्फ जादै गरेको ना.६ ख १९२५ नम्बरको मिनिट्रकको ठक्करबाट डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ डुम्रीघाटकी २ बर्षिया बालिका मिना अर्यालको ज्यान गएको हो ।
बालिकालाई ट्रकले ठक्कर दिइसकेपछि खुट्टा मात्र भाच्चीएको र चालकले ट्रक घुमाएर ल्याई पुन बालिकाको किचेर हत्या गरेको स्थानीयले आरोप लगाएका छन् । ठक्कर दिने मिनिट्रक र चालक प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

बालिकाको ज्यान गएपछि स्थानीयले दैलेख सुर्खेत सडक खण्डको डुङ्गेश्वर बजारमा बाटो बन्द गरेका छन् । उनिहरुले न्याय नपाए सम्म यातायात संचालन हुन नदिने बताएका छन् ।