२०७७ माघ ५, सोमबार

जाजरकोटका ज्वरो प्रभावित क्षेत्रमा औषधि वितरण जारी

जाजरकोट, भाद्र २० । भाइरल ज्वरोले थलिएको जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकामा आज औषधि वितरण गरिएको छ ।  नगरपालिकाको वडा नम्बर १० राउँतगाउँमा भाइरल ज्वरोका विरामीलाई औषधि वितरण गरिएको हो ।

नगर प्रमूख टेकबहादुर रावल सहित ज्वरो प्रभावित क्षेत्र पुगेको टोलीले आज १ सय ४० जना भाइरल ज्वरोका विरामीलाई औषधि वितरण गरेको हो ।  विरामीहरुमा धेरैजसो महिला र वालवालिका रहेको त्यहाँबाट पत्रकार लक्ष्मण रसाइलीले समाचार पठाउनुभएको छ ।

सुरक्षित खानपानको अभाव र वर्षामा जाग्ने मुलको फोहरपानी प्रयोग गरेका कारण ज्वरोको प्रकोप देखिएको स्वास्थ्येकर्मिले वताएका छन् ।  औषधि वितरण टोलीमा नगरप्रमूख रावलसंगै नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र सिंह, अहेव राजेन्द्र शाह, जिल्ला जनस्वास्थ्ये प्रतिनिधि प्रचण्डकुमार कार्की र अनमी सुनिता मल्ल सहभागि छन् ।

आजै नगरपालिकाको वडा नम्बर ६ को मुलिपोखरा चारगाउँमा पनि औषधि वितरण गरिएको छ ।