२०७७ मंसिर १४, आईतवार

भेडाखर्कका एक व्यक्ति द्धारा विद्यालयलाई जग्गा दान

रुकुम, भाद्र २० । रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ भेडाखर्कका एक व्यक्तिले विद्यालयलाई २ लाख बराबरको जग्गा दान गरेका छन् ।  स्थानिय अम्मरसिङ ओलीले बालकल्यान आधारभूत विद्यालयलाई भवन निर्माणका लागी १ सय १५ बर्गमिटर जग्गा दान गर्नु भएको हो ।

१ सय १५ बर्गमिटर जग्गा जिल्ला मालपोत कार्यालयमा पुगेर ओलीले विद्यालयको नाममा दर्ता गरिदिनुभएको विद्यालयले जनाएको छ ।  विद्यालयलाई प्राप्त जग्गामा भवन निर्माण गरिने प्रधानाध्यापक कुवेर वुढाथोकीले जानकारी दिनुभयो । उक्त विद्यालय २०५२ सालमा स्थापना भएको हो ।