२०७७ कार्तिक ५, बुधबार

६२ औं प्रहरी दिवस सुर्खेतमा मनाईयो

सुर्खेत ।स्थापनाको ६२ औं बर्षको अवसरमा सुर्खेतमा प्रहरीले विभिन्न कार्यक्रम गरि प्रहरी दिवस मनाएको छ । ६ नं प्रदेश प्रहरी कार्यलय सुर्खेतले एक कार्यक्रमको आयोजना गरी दिवस मनाएकोहो । दिवसको अबसरमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश नम्बर ६ का १७ जना प्रहरीहरु पुरुस्कृत भएका छन ।
दिसवसको अवसरमा ६ नम्बर प्रदेश प्रहरी कार्यालयलले बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनिहरुलाई पुरुस्कृत गरिएको हो
कार्यसम्पादन मुल्याकङन र उनिहरुले गरेको कामको आधारमा पुरस्कृत गरिएको ६ नम्बर प्रदेश कार्यालयले जनाएको छ । पुरस्कृत हुनेमा प्रहरी जवानदेखी प्रहरी अधिकृत समेत रहेको कार्यालयले जनाएको छ । यस्तै ६ नम्बर प्रदेशमा सबैभन्दा राम्रो काम गरेको भन्दै सामुदायकि प्रहरी ईकाइ रुकुम कार्यालयलाई सम्मान गरिएको छ ।
प्रहरी दिवसकै अवसरमा अमर प्रहरीका सन्ततीहरुलाई नगद सहित छात्रबृत्ती पनि वितरण गरेको छ ।
दिवसका अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गरिएको छ। दिवसकै अवसरमा ३० जना प्रहरीहरुले रक्तदान समेत गरेका छन ।
६ नम्बर प्रहरी प्रदेश कार्यालय सुर्खेतले अमर प्रहरीका परिवार र पूर्व प्रहरीहरुसंग पुनर्मिलन कार्यक्रम गरेर प्रहरी दिवस मनाएको छ ।
प्रहरीले बिषेश कार्याक्रमको आयोजना गरेर सहिदहरुको सम्झँनामा सलामी समेत अर्पन गरेर दिवस मनाएको छ ।
कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईले प्रहरीले एक्लै शान्ति सुरक्षा कायम गरिरहेको भन्दै अब सबैले साथ दिनुपर्नेमा पनि जोड दिए ।
क्षेत्रीय प्रशासक गुरागाईले प्रविधिको बिकाससंगै अपराध पनी परिबर्तन भएको भन्दै समय अनुकुल प्रविधि मैत्री भएर काम थाल्न सुझाँब दिए ।
उनले आफ्नो अधिकार खोजिको नाममा हिजोआज कानुन हातमा लिनेको बाक्लै उपस्थिती रहेको भन्दै यसको नियन्त्रयणको लागी दक्षजनशक्ती, स्रोत, सधान र प्रविधिको बिस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्याक्रममा ६ नम्बर प्रदेशका प्रहरी प्रमुख रणबहादुर चन्द्रले आफुहरुसंग अनुसन्धानको लागी आबश्यक प्रविधी नहुँदा अपेक्षाकृत रुपमा सफलता प्राप्त गर्न नसकेको बताए ।
चन्दले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीको विकल्प नभएको भन्दै नेपाल प्रहरीको समृद्धिको लागि सरकारले ध्यान पुर्याउनुपर्ने जोड दिए ।
उनले शान्ति सुरक्षा र अमनचयन पछि मात्रै विकास हुने भन्दै शान्त सुरक्षाका लागि प्रहरीलाई सघाउन सबैलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा अमर प्रहरीका केन्द्रिय माहासचिब रामकुमारी थापाले कर्तव्य पालना गर्दा गर्दै ज्यना गुमाएका अमर प्रहरीका आफन्तहरुलाई सरकारले नै पटकपटक पीडा दिने गरेको दुखेसो गसरन ।
उनले दन्द्घपिडितको राहत वितरण लगायत आफुहरुको समस्या प्रती सरकाले चोसो नदेखाएको गुनासो गर्दै यसप्रति सरकारले विषेश ध्यान दिन जरुरी रहेको स्पष्ट पारिन ।
कार्यक्रममा अमर तथा अशक्त प्रहरी परिवार महासंघका केन्द्रिय महासचिव नन्दा श्रेष्ठले आफुहरु लाई सरकारले राहत वितरणमा बिभेद गर्ने गरेको गुनासो गरिन ।
नेपाल प्रहरीको सेवामा लागेर देश र जनताको लागि शान्ति सुरक्षा कायम गदागर्दै विरगती प्राप्त गरेका प्रहरीको सम्झनामा दिवस मनाइएको ह
कार्यक्रममा प्रमुख जिल्ला अघिकारी सिताराम कार्की, अख्तियादुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थ, नेपाली सेना,सशस्त्र प्रहरीका अधिकृत पूर्व अमर प्रहरीका परिवार, पुर्वप्रहरी कर्मचारीहरु लगाएको सहभागी रहेको थियो ।