२०७७ मंसिर १५, सोमबार

जनमुखि कृषि तथा पशुपालन सहकारीको छैटौ साधारण सभा

सुर्खेत ।जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था बीरेन्द्रनगर १० सुर्खेतले छैठौ सधारण सभा सम्पन्न गरेको छ । संस्थाले वीरेन्द्रनगर सहित भेरीगंगा नगरपाली र लेकबेशी नगरपालीमा कृषि, पशुपालनको लगाएतको क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाले आर्थिक बर्ष २०७३र०७४ को ७ करोड ९१ लाख ७७ हजार ४ सय ६९ रुपैया बराबरको करोबार प्रस्तुत गरेको छ । यस्तै संस्थाले आगामी आर्थिक बर्ष२०७४ र ७५ को लागी अनुमानित १० करोड ९१ लाख ३८ हजार २ सय ९८ बराबरको रकम प्रस्ताब गरेको छ ।
संस्थाका कोषाध्यक्ष यज्ञबहादुर खड्काले आगामी आर्थिक बर्षको निती तथा कार्याक्रम प्रस्तुत गर्नु भएको थियो।
संस्थाका सचिब शेरबहादुर खड्काले संस्थाको प्रगती विबरण प्रस्तुत गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारि रुपमा संञ्चालन गर्ने बताए ।
उहाँले अहिले संस्थाले तरिकारी उत्पादन तथा बिउ बिजनको काम गर्दै आएको भन्दै निकट भविस्यमै सेव विस्तारको तयारीमा रहेको बताए । संस्थामा अहिले १ हजार ८ सय ४३ जना छन ।
जिल्ला कृषि सहकारीका संस्थाका प्रतिनिधि पंचकला रावतको प्रमुख अतिथ्यतामा भएको कार्याक्रम संस्थाका अध्यक्ष बिन्द्राकुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।