२०७७ मंसिर १६, मंगलवार

बामगठवन्धनको चौरजहारी चौथो चुनावी सभा सम्पन्न

रुकुम । वामगठवन्धनको तर्फवाट प्रतिनिधि सभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले समृद्ध रुकुम निर्माणका लागि वामगठवन्धनको जित अपरिहार्य भएको वताउनुभयो ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका खोलागाउमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेता प्रभाकरले रुकुम संसारका मुक्तिकामी श्रमजीवी जनताको आस्थाको केन्द्र भएको भन्दै यसलाई समाजवादी सत्ताको मोडेलका रुपमा विकास गर्ने वताउनुभयो ।  रुकुम प्राकृतिक श्रोत साधन र मानव श्रमका दृष्टिले धनी भएको वताउदै यसको परिचालन गरि रुकुमलाई आधुनिक विकास र समृद्धिको मोडेल वनाउन सम्भव भएको प्रभाकरको भनाई थियो ।

उहाँले आसन्न निर्वाचन पछि राज्यको तिन वटै तहमा वामपन्थि सरकार हुने वताउदै सवै तहका सरकार युद्धस्तरमा मुलुकको विकास र समृद्धिमा लाग्ने पनि वताउनुभयो ।  कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले अव मुलुकमा एउटै कम्युनिष्ट केन्द्र वन्ने दावि गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले रुकुममा गठवन्धनले देशभरकै ठुलो मतान्तरमा जीत हाँशील गर्ने दावी गर्नुभयो ।  यसैबीच, आगामी मंसीर १० मा हुने प्रतिनिधि र प्रदेश सभाका लागि नेपाली कााग्रेस मुसीकोट नगरपालिका वडा नं. २ रातामाटाले वडा स्तरिय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

वडा अध्यक्ष दिनेश खड्काको संयोजकत्वमा ४५ सदस्सीय समिति गठन गरेको हो ।  पार्टीलाई जिताउन समितिले वडा स्तरमा घरदैलो र कोण सभा कार्यक्रम गर्ने अध्यक्ष दिनेश खड्काले जानकारी दिनुभयो ।  उहाँका अनुसार समितिले भोली देखी नै घरदैलो कार्यक्रम सञ्चालन गर्ने छ ।
त्यसैगरी नेपाली काँग्रेस रुकुम पश्चिम आठविसकोट नगरपालिका १ को बैठक बसेको छ । रबि वुढाको अध्यक्षतामा सम्पन्न बैठकले हृदय बिक सभापती रहेको १४ सदस्यीय नयाँ वडा कार्य समिति गठन गरेको छ ।