२०७७ कार्तिक ११, मंगलवार

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ

दाङ । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जानकी वली पक्राउ परेकी हुन् ।

दङ्गीशरण गाउँपालिका–७ की २० वर्षीया अनिता योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकबाट प्रतिव्यक्ति रु एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि वली बिहीबार पक्राउ परेको हो ।

वलीविरुद्ध ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।