२०७७ मंसिर १६, मंगलवार

शिक्षा एैन कार्यन्वयन गर

cropped-logos.jpgशिक्षा क्षेत्रमा देखिएका विकृती हटाउनका लागि लामो समय थाती रहेको शिक्षा एैन आएको छ । शिक्षा एैन पाश भएसंगै अब शिक्षा क्षेत्रमा देखिएका जम्मै विकृतीहरु हट्ने र देशमा नया शैक्षणीक बातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

शिक्षामा नया प्रकारले विकाश र व्यवस्थापन पनि हुने देखिन्छ । यो शिक्षा एैन आएसंगै धेरैप्रकारका चुनौतिहरु पनि छन । यि चुनौतिहरुको सामना गर्न र देशैभरी नया व्यवस्था भएबमोजिम जान विभाग मन्त्रालले सबै मातहतका निकायलाई परिपत्र गरेको छ ।

सोहि परिपत्र अनुसार सबै जिल्लामा काम गर्न दवाब बढेको छ । त्यो संगै स्थानिय स्तरमा पनि काम गर्नका लागि दवाद बढेको छ । धेरै कामहरु मध्ये जिल्ला शिक्षा कार्यालयहरुले आठौं संशोधन शिक्षा ऐन २०७३ लाई कार्यान्वयन गर्ने क्रममा विद्यालय व्यवस्थापन समिति पनि नयाँ ऐन अनुसार गठन गर्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन । सबैभन्दा विवाद र राजनिति हुने व्यवस्थापन समितिहरुको गठन प्रकृया र समग्र हितलाई मध्यनजर गर्दै यसरी परिपत्र गरिएको हो ।

अहिले संशोधन गरिएको ऐनमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया यस अघिको भन्दा फरक रहेको र सोही अनुसार अब व्यवस्थापन समिति गठन गर्न जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयहरुलाई पत्र पठाएको हो । ऐन संशोधन गर्न बनेको विधेय पास भए लगत्तै ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयनलाई तीव्रता दिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले यस अघि नै जिल्लामा रहेका शिक्षकहरुलाई राजनीतिक दलहरुको कार्यसमितिमा नबस्न आग्रह गरिसकेको छ ।

नयाँ ऐनमा शिक्षकहरुलाई दलको कुनै पनि तहको कार्यकारीमा बस्न नहुने उल्लेख गरिएको छ । सोही अनुसार जिल्लामा पनि यस अघि नै जानकारी गराइसकिएको छ । सोहि अनुरुप भयो भने र विभागको निर्देशन अनुसार अलिहे नयाँ बन्ने विद्यालय व्यवस्थापन समितिहरुलाई पनि नयाँ संशोधन गरिएको ऐन अनुसार गठन भए भने ।

हाल समुदाय स्तरबाटै देखिएको समस्याको समाधान हुने विस्वास गर्न सकिन्छ । नत्र समुदायस्तरमै विभिन्न समस्या खासगरि राजनितिको चपेटामा परेको नेपालका सामुदायिक विद्यालयहरुले कहिल्यैपनि शैक्षीक गुणस्तर सुधार्न सक्ने छैनन् । शिक्षा एैन र त्यसले अपेक्षा गरेका उपलब्धीहरुको छिटो कार्यन्वयन गर ।