२०७७ कार्तिक १५, शनिबार

पुर्वि सुर्खेतका छोटे राजाहरु तह लाग्छन : शाहि

सुर्खेत । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको सयुक्त बाम गठबन्धनले शनिवार गुर्भाकोट नगरपालिकाका विभिन्न सथानहरुमा सयुक्त भेला सम्पन्न गरेको छ ।

नगरपालिकाको दहचौर वडा नम्वर ४ र ९ को सयुक्त भेला साहारेको पातिहाल्ना ,तेस्तै नगरपालिकाको ११ नम्वर वडा घुमखहरेमा भेला सम्पन्न भएको छ । विभिन्न स्थानमा भएका भेलालाई सम्वोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्वर १ का बाम गठबन्धनका उम्मेद्धार धुब्र शाहीले विगतमा आफु लाई राजा भन्ने हरु यसै चुनावमा तह लाग्ने बताए । शाहीले विकासका नाममा भ्रम छर्दै हिड्ने हरु देखि सचेत हुन नेता कार्यकर्ता तथा मतदाता लाई आग्रह गरे ।

प्रदेश सभा क्षेत्र न १ क का बाम गठबन्धनका उम्मेद्धार ठम्मर विष्टले कुनै लोभ र प्रलोभनमा नपरि एकठिक्का भएर लाग्न सम्पुर्ण नेता तथा कार्यकर्ता लाई सुझाव दिए । उनले आफुहरुको जित निश्चित भैसकेको र मंसिर २३ गते घोषणा हुन बाँकी रहेको जिकिर गरे । नेकपा माओबादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी जितेन्द्रले बाम गठबन्धन चुनाबमा मात्र नभई चुनाब पछि भारी बहुमतका साथ विजयी हुने र बामपन्थीकै सरकार निमार्ण भएपछि विपक्षी हरु टुलुटुलु सरकारको काम हेरेर बस्न बाध्य हुने बताए ।

यस्तै कार्यक्रममा नेकपा एमालेकी शुसिला विश्वकर्मा , नेकपा एमालेका देव बहादुर खत्रीले एकढिक्का भएर घरदैलो र चुनाबी अभियानमा खट्न सबै गठबन्धनका कार्यकर्ता हरुलाई सुझाव दिए ।  शनिवार नै नगरपालिकामा पर्ने मेहलकुनामा एमाले निकट शिषक संगठन को भेला सम्पन्न भएको छ । भेलामा बामगठबन्धनका उम्मेद्धार हरुलाई विजयी गराउन आ आफ्नो ठाउँबाट खटेर लाग्ने शिक्षकहरुले बताए । यसैविच घुमखहरेमा भएको भेलामा नेपाली कांग्रेस परित्याग गरि थुप्रैले बाम गठबन्धनमा प्रवेश गरेका छन ।

प्रवेश गर्ने हरुमा गुर्भाकोट ११ घुमखहरेका प्रेम नेपाली, सोही ठाउँका गोविन्द विक , हिमाल नेपाली ,रमेश नेपाल ,हिमा तिवारी ,प्रेम बैगार लगायत अन्य थुप्रैले बाम गठबन्धनमा प्रवेश गरेका छन् । उता सिम्ता गाउँपालिकाको वडा नम्वर ६ मा पनि बाम गठबन्धनको सयुक्त भेला सम्पन्न भएको छ ।

भेलाले प्रकाश शर्माको संयोजकत्वमा २ सय ९९ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गरेको छ । जसको आर्थिक समितिको संयोजकमा प्रेम सुनार भुगोल प्रचार प्रसार संयोजकमा गुलाब सिहँ ढकुरी लाई तोकेको छ । भेलाले आज आईतबार देखि राकमका साविकका सम्पुर्ण वडाहरुमा टोल समिति गठन मतदाता शिक्षा कार्यक्रम गर्ने निर्णय भएको बाम गठबन्धन सिम्ता गाउँपालिकाका प्रचार प्रसार संयोजक नेत्रलाल महताराले जानकारी दिए ।

भेलामा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी नेकपा माओबादी केन्द्रका झुप बहादुर बुढा लगायतले सम्बोधन गरेका थिए । आज आईतवार गठबन्धनको सिम्ता गाउँपालिका वडा नम्वर १ घोरेटा, वडा नं २ काफलकोट , वडा नम्वर ३ आग्रीगाँउ र वडा नम्वर ४ बजेडिचौर को सयुक्त भेला वडा नम्वर ३ आग्रीगाउँको देउली बजारमा हुने संयोजक महताराले जानकारी दिए ।