२०७७ मंसिर १४, आईतवार

विर अस्पतालमा हुने चेकजाच अब क्षेत्रीय अस्पतालमै, प्रतिबद्धता गरेको काम पुरा गर्यौ : अध्यक्ष थानी

सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिका पदाधिकारीहरुको कार्यकाल सकिनै लाग्दा पदाधिकारीहरुले आफ्नो कार्यकालमा भएका कामहरुको फेहरीस्त सार्वजनिक गरेका छन् ।

व्यवस्थापन समितिले आफ्नो कार्यकालमा अस्पतालमा थुप्रै सकारात्मक परिवर्तन गर्न सफल भएको दाबि गरेको छ । सामान्य भन्दा सामान्य समस्याबाट ग्रसीत रहेको क्षेत्रीय अस्पतालमा प्राविधिक र भौतिक संरचनामा निकै परिवर्तन गरिएको भन्दै आफुहरुको ३ वर्षे कार्यकाल सफल रहेकोे दाबि समितिले गरेको हो । वीरेन्द्रनगरमा क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष खम्बराज थानीले आफुले समितिको नेतृत्व लिए देखि नागरिकका चाहाना अनुसार अस्पतालको सबै क्षेत्रलाई सुधार गर्दै लगिएको बताए । थानीले जनताको मुख्य चाहाना अस्पतालको सरसफाई भएको भन्दै तत्कालै सो क्षेत्रमा सुधार गरिएको बताए ।

आफुहरुले सपथ लिदा सुरुभा गरेका सबैजसो प्रतिबद्धताहरु पुरा भएको समेत थानिको दावि छ । यस्तै अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर डम्बर खड्काले अस्पतालको भौतिक अवस्था तर्फ ४० बेडको प्रसुति गृह निर्माण गरिएको, प्रतिक्षालय तथा सुरक्षा गार्ड भवन निर्माण गरिएको, अस्पतालकै स्वामित्वमा रहने गरी फिस्टुला बिल्डिंग भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, ३ सय ५० बेड अस्पातको नयाँ भवन र नयाँ भवन माथि तला थप्ने काम करीब ६० प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

डाक्टर खड्काले अस्पतालमा आईसियु सेवा संचालन गरिएको, १ करोड भन्दा बढि लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको, डाईलोसिस मेसिन आईसियु र एनआईसियु तथा ईमरजेन्सी ल्याबमा अत्याधुनिक मेसिन जडान गरिएको जानकारी दिए । चिकीत्सकीय सेवा देखी ल्याब र अन्य भौतिक पुर्वाधारको काम समेत उल्लेख्य भएको डाक्टर खड्काको दावि छ । खड्काले राजधानि बाहिर सबैभन्दा व्यवस्थीत भएर क्षेत्रीय अस्पताल चलेको समेत दावि गरे । उनले ५० शैयाको हस्पीटलबाट पनि १ सय बढि सैयामा चलाईरहेको बताए ।

आफुहरुले पटक पटक हस्पीटलको शैया थपका लागि सरकारसंग अनुरोध गरेपनि सरकारी ढिलासुस्तीले अहिलेसम्म काम हुन नसकेको बताए । खड्काले ३ सय सैयाको अस्पताल बनाउन अबको २ बर्षभित्र भौतिक पुर्बाधार समेत निर्माण भैसक्ने भन्दै आवश्यक जनशक्तिका लागि कर्णाली विज्ञान प्रतिष्ठानसंग सहकार्य गरेर काम गर्ने योजना बनाएको बताए ।

अहिलेपनि आवश्यक जनशक्ति भएको भन्दै उनले त्यसका लागि भौतिक पुर्वाधार र राज्यले बाकि शैयाको अस्पतालको अनुमति दिनुपर्ने बताए । ल्याबका हिसाबले पनि काठमाण्डौको विर हस्पीटलमा गरिने नियमीत विभिन्न चेकजाच अब क्षेत्रीय अस्पतालमा गर्न सकिने खड्काको भनाई छ ।