२०७७ मंसिर १३, शनिबार

चुनाब विथोल्न ल्याएका विस्फोटक सामाग्रि बरामद

सुर्खेत । विभिन्न स्थानमा उम्मेदवारमाथी बम हमला भैरहेका बेला सुर्खेत प्रहरीले ठूलो परिणाममा बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्री बरामद गरेको छ । भारतबाट छिराईइको र सुदुरपस्चीमबाट ल्याईएको हुनसक्ने सो विस्फोटक सामाग्री पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरेको प्रहरीले शनिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोवाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । ‘विशेष सुराकीको आधारमा ध.१.ज. १०६ नम्वरको जीप चेकजाँच गर्दा ६० थान डेटोनेटर, पाँच सय ५५ थान जिलेटिन, २२ मिटर फ्यूज वायरका साथै भारतीय र नेपाली सीमसहितको मोवाइल बरामद गर्न सफल भयौ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, ‘विष्फोटक सामाग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौं ।’

प्रहरीले विष्फोटक सामाग्री भारतबाट कैलाली हुँदै ल्याइएको जनाएको छ । ‘निर्वाचनलाई प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामाग्री भारतबाट भित्र्याएको हुनसक्छ’ उनले भने, ‘हामीले विस्तृत अनुसन्धान सुरु गरिसकेका छौं ।’ एसपी आचार्यले विष्फोटक सामाग्रीसँगै सिमसहितको मोवाइल बरामद भएकाले अनुसन्धान गर्न सहज हुने बताए । ‘मोवाइलको कल डिटेल निकालेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं’ उनले भने, ‘सिम कसको नाममा छ, को–कोसँग कुराकानी भएको छ, ति सबैलाई अनुसन्धानको घेराभित्र ल्याउँछौं ।’

अघिल्लो साता प्रहरीले भेरीगंगा नगरपालिकाको छिन्चुबाट बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्रीसहित एक पूर्व लडाकुलाई पक्राउ गरेको थियो । जाजरकोट लिन लागिएको चार थान डेटोनेटर, सेप्टीफ्यूज, पाँच वटा विद्युतीय स्वीच, होल्डर, हत्कडी र एक लाख २५ हजार नगदसहित पूर्व माओवादी लडाकु दलबहादुर कामी पक्राउ परेका थिए । चुनावको मुखैमा ठूलो परिणाममा विस्फोटक सामाग्री बरामद हुन थालेपछि प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङ बढाउनुका साथै संकास्पद ठाउँमा सादा पोशाकमा प्रहरी खटाउन थालेको छ ।

प्रहरीले संकास्पद क्रियाकलपा भए आफुहरुलाई खबर गर्न समेत आग्रह गरेको छ । त्यो संगै विभिन्न स्थानमा प्रहरी चेक गर्ने समेत जनाएको छ । प्रहरीले यो सामाग्रि पनि विप्लम माओवादीका कार्यकर्ताहरुले ल्याएको हुनसक्ने बताए । सुर्खेत जिल्लामा हालसम्मकै धेरै विस्फोटक सामाग्रि पक्राउ गरेको दावि समेत गरेको छ ।