२०७७ कार्तिक ८, शनिबार

‘विकासको युग सुरु हुने’

सुर्खेत, कात्तिक । वाम गठबन्धनका सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार नवराज रावतले वाम गठबन्धनले चुनाव जिते विकासको युग सुरु हुने दाबी गरेका छन् । आइतबार सुर्खेतको पश्चिम लगाममा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्दै उम्मेदवार रावतले विगतमा जनताले चुनेर गएका प्रतिनिधिले विकासका नाउँमा झारा टार्ने काम गरेको आरोप लगाए ।

उनले भने, ‘अहिलेपनि गाउँमा सडक पुगेको छैन, वांगेसिमलबाट पश्चिम तर्फ विजुलीको पोल मात्रै गाडेको छ, लाईन विस्तार भएको छैन ।’ आफूलाई निर्वाचित बनाएको खण्डमा सडकलाई कालोपत्रे गर्ने र विजुली ल्याउने उनले प्रतिबद्वता व्यक्त गरे ।

यस्तै, वाम गठबन्धनका प्रदेश सभा ‘ख’का उम्मेदवार विन्दमान विष्टले आफूहरु कोरा आश्वासन मात्र दिने नभई कार्यान्वयन गर्नेहरु भएको बताए । विगतमा लामो समय काँग्रेसले राज गरेको तर विकासको नाममा ‘माखो’ समेत मार्न नसकेको उनले जिकिर गरे । उनले भने, ‘जनताको खानेपानी समस्या ज्यूँका त्यूँ छ, भेरी र कर्णाली नदि भएपनि जनताले आकाशे पानीको भर पर्नुपरेको छ ।

सिंचाईमा समस्या छ । तर उनीहरु ले जनताका समस्या समाधान गर्नुका साटो विकासको युग सकिएको र रोजागरको यु्ग सुरु भएको दाबी गर्दै आएका छन् ।’ उनीहरुले यो दाबी गर्नु भनेको जनतालाई फेरिपनि गुमराहमा राख्ने र आफु सत्तामा पुग्ने खेल भएको उनको आरोप छ ।

भेरी र कर्णाली नदिको पानीलाई लिफ्ट गरेर भएपनि सिंर्चाइ गर्ने, आगामी ५ वर्षभित्र सबैका घरमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नेलगायतका प्रतिबद्वता विष्टले मतदाता समक्ष व्यक्त गरे । भेलालाई एमाले प्रदेश संगठन कमिटीका सदस्य तारा देवकोटा, एमाले जिल्ला कमिटी सचिव मोहन बडुवाललगायतले सम्वोधन गरेका थिए ।