२०७७ मंसिर ९, मंगलवार

समृद्धिका लागि गठबन्धनको उम्मेदवारी : कंडेल

सुर्खेत,  कार्तिक । नेकपा एमाले र माओवादी केन्द्र बीचको गठबन्धन विरोध गर्नका लागि नभई ६ नम्बर प्रदेशको समृद्धिका लागि भएको निर्वाचन क्षेत्र नम्बर–२ (ख) प्रदेश सभाका उम्मेदवार यामलाल कंडेलले बताएका छन् । आईतबार वीरेन्द्रनगर–३ मा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन र उम्मेदवारी कसैको विरोध गर्नका लागि नभई प्रदेशको विकासका लागि भएको प्रस्ट पारे ।

‘विरोध गर्नका लागि माओवादी र एमाले आफैमा काफी छन् उनले भने, ‘देशको आर्थिक विकास र देश समृद्धिका लागि गठबन्धनको प्रमुख अभिभारा महशुस गरी निर्वाचनमा हुमिएको हो,’ कंडेलले भने ।

उनले देशका समृद्धिका लागि स्थायी सरकार आवश्यक पर्ने भन्दै अधिकार सम्पन्न नेपालको संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी गठबन्धनको काँधमा आएको उल्लेख गरे । निकै त्याग र बलिदानबाट प्राप्त गरेको ६ नम्बर प्रदेश अवसरको खोजीमा रहेको भन्दै उनले भने, ‘हामी आज सबैको नजरमा विपन्न प्रदेशका बासी भएर बसेका छौं ।

यहाँको अवस्था हेर्ने हो भने विरामी पर्दा औषधी पाउने अवस्था छैन् । भएको सडक लोक मार्गमा परिणत भएका छन् ।’ अब चुनाव भएपनि नभएपनि सबै नेता तथा कार्याकर्ताको जिम्मेवारी प्रदेश विकासका लागि हुनुपर्ने उनले बताए । राज्यले लगानीमा कन्जुस्याइँ गर्दा ६ नम्बर प्रदेशले गरिबीको रेखामुनी बस्नुपर्ने बाध्यता रहेको भन्दै नेता कंडेलले यस प्रदेशका सम्भावनाहरुलाई उजागर गर्नुपर्ने अवस्था आएको औंल्याए । ‘पानीमा हामी धनी छौं,उनले भने, जलविद्युत उत्पादन गरी हामी मात्रै होइन्, अन्य प्रदेशसमेत उज्यालो बनाउने दिन टाढाँ छैन् ।’

नेपालगञ्जदेखि मुगुको गमगढीसम्म सडक सञ्जालले जोडे राराका लागि थुपै्र पर्यटक भित्र्याउन सकिने भन्दै उनले जडिबुटीबाट आयुर्वेधिक औषधीको कारखाना स्थापना गर्न समेत प्रदेश पछि नपर्ने बताए । एक अर्काे प्रशंगमा उनले कम्यूनिष्टहरु एक हुनुको उद्देश्य अधिनायक बाद लाद्न नभई देशको विकास र समृद्धिका लागि भएको जिकिर गरे ।