२०७७ कार्तिक ८, शनिबार

प्रहरी अस्पतालमा सर्वसाधारणका लागि सेवा सुरु

नेपाल प्रहरी अस्पतालले आजबाट सर्वसाधारणका लागि पनि सेवा दिन सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गर्नुभएको हो ।

सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन अस्पतालले पनि सर्वसाधारणका लागि स्वास्थ्य सेवा सुरु गर्नु परेको स्पष्ट पार्नुभयो ।

उहाँले संविधान प्रदत्त नागरिक हकको संरक्षण र संम्वर्द्धन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको पनि स्मरण गराउनुभयो ।  सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ ।