२०७७ कार्तिक ९, आईतवार

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि संशोधन गर्न लोकसेवा आयोगद्वारा अस्वीकार

काठमाडौं   | राष्ट्र बैंकका कर्मचारीहरुको ३० वर्षे सेवा अवधिको व्यवस्था संशोधन गर्न लोक सेवा आयोगले अस्वीकार गरेको छ ।  राष्ट्र बैंकले मागेको अनुमतिमा जवाफ पठाउँदै आयोगले हालको व्यवस्था परिवर्तन नगर्न भनेको हो ।

राष्ट्र बैंकले ऐन संशोधन गरी ३० वर्षे सेवा अवधि हटाएर सेवा अवकाश ५८ वर्षे उमेर हदकायम राख्ने गृहकार्य गरेको थियो । त्यसअघि संवैधानिक व्यवस्था अनुसार लोक सेवा आयोगसँग पूर्वअनुमति मागिएको थियो ।  राष्ट्र बैंकमा अवकाशका तीन नीति प्रचलनमा छ, सेवा अवधि ३० वर्ष, उमेर ५८ वर्ष । विशिष्ट श्रेणीमा सात र प्रथम श्रेणीमा १२ वर्षको पदावधि ।

सोको जवाफ पठाउँदै आयोगले सेवा अवधिको हदम्याद संशोधन नगर्न भनेको हो । लोक सेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मी विलास कोइरालाले नेपाल सरकारले बिभिन्न संघीय सरकारी सेवाहरुमा पनि ऐन विधेयक तर्जुमा गरिरहेको भन्दै त्यसमा अवकाश सम्वन्धी जस्तो नीति लिन्छ त्यही अनुसार गर्नुपर्ने वताउनुभयो । यस्तो गर्दा सबै कर्मचारीहरुमा एकरुपता कायम हुने आयोगको तर्क छ ।