२०७७ मंसिर १०, बुधबार

अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी

काठमाडौं  | मानव अधिकार तथा शान्ती समाजका संस्थापक सभापती कृष्ण पहाडीले एमाले र कांग्रेसले आफ्नो धरातल बिर्सेर निर्वाचनमा होमिएको बताउनुभएको छ ।

समाजको बारा शाखाले आज सिमरामा आयोजना गरेको नागरिक सेतु तथा वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै पहाडीले दुई दलले निर्वाचनमा धनबल र बाहुबललाई बढवा दिएर उमेदवार बनाएको बताउनुभएको हो ।

कांग्रेस र एमालेले अहिले पनि अपराधले डामिएका व्यक्ति र पैसावालालाई उमेदवार बनाएको भन्दै अपराधीलाई टिकट दिनु नेपाली जनताको लागि ठूलो अपराध भएको बताउनुभयो ।  उहाँले निर्वाचनमा धेरै फोहोर थुप्रिदै गएको भन्दै यसले भ्रष्ट्रचार बढ्ने चेतावनी दिनुभयो ।