२०७७ मंसिर १४, आईतवार

भोजभतेरले मतको दुरुपयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न सचेत गराउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सिलसिलामा आज धुलिखेलमा श्रवण शक्ति कमजोर भएका नागरिकसँगको अन्तरक्रिया गर्दै उहाँले कसैको पनि डर, धम्की र दवावमा नभई भयरिहत वातावरणमा निष्पक्ष निर्वाचन हुनुपर्ने बताउनुभयो ।

हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उहाँले उल्लेख गर्नुभयो ।  उहाँले अपांग भएकालाई पनि बन्द सूचीभित्र राख्ने दायित्व दलको भएकाले स्वतन्त्र र निष्पक्षरुपमा मताधिकारको प्रयोग गर्न बहिरा नागरिकलाई अनुरोध गर्नुभयो ।

बहिरा नागरिकलाई सक्षम नागरिकका रुपमा मतदाताको भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले भावी सन्ततिको सुख, शान्ति र समृद्धिका लागि निर्वाचन हुन लागेको बताउनुभयो ।  बाउन्न जिल्लाका ७० जनाको सहभागिता रहेको यस अन्तक्र्रियामा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बहिरा नागरिक करदाता र मतदाता मात्रै भएको गुनासो गर्नुभयो ।

उहाँले देशको नीतिभित्र बहिरा भएका नागरिकको सहभागिता खोजिएको उल्लेख गर्दै निर्वाचन महत्वपूर्ण विषय भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणको जिम्मेवारी दिन आग्रह गर्नुभयो ।