२०७७ कार्तिक ५, बुधबार

कांग्रेसकै कारण मुलुक अस्थिर बनेको माओवादी नेता बस्नेत

जाजरकाेट । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले कांग्रेसकै कारण मुलुक अस्थिरततर्फ धकेलिएको आरोप लगाउनुभएको छ ।  जाजरकोटको जुनिचांदे गाउपालिकाको सानाखोलामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता वस्नेतले कांग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलता बढाएको आरोप लगाउनुभयो ।

पूर्वगृहमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले स्थिरता र समृद्धिका लागि वाम गठबन्धनलाई बहुमत दिन आग्रह गर्नुभयो ।  कांग्रेसले चुनाव जित्नका लागि वामहरुले अधिनायकवाद ल्याउने भ्रम फैलाएको र यसबाट सचेत रहन मतदाताहरुलाई आग्रह समेत गर्नुभयो । यसैबीच, जाजरकोट त्रिवेणी नलगाड नगरपालिका वडा ८ जिकुवामा वाम गठवन्धनको चुनावी सभा भएको छ ।

कार्यक्रममा वामगठवन्ध जाजरकोट क्षेत्र नं १ का प्रदेश सभा सदस्यका उम्मेदवार गणेसप्रसाद सिंहले राजनीतिक आन्दोलन सफल भएपनि समाज परिवर्तन गर्न वाँकी रहेका कारण समाज परिवर्तन गर्नका लागि एक जुट भएको वताउनुभयो ।  समाजमा रहेको अशिक्षा, वेरोजगारी, गरिवीलाई हटाउनका लागि आफनो उम्मेदवारी रहेको उम्मेदवार सिंहले वताउनुभयो ।

कार्यक्रममा त्रिवेणी नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावलले ईतिहास निर्माण गर्न निश्चित समय लाग्ने भएकाले अव एउटै कम्यूनिस्ट पार्टी भएकोमा सवैले गर्व गर्नुपर्ने वताउनुभयो । आजै वामगठवन्धको तर्फवाट त्रिवेणी नलगाड नगरपालिका वडा ८ मा ३३ सदस्यीय चुनावी प्रचार प्रसार समिति गठन गरिएको छ ।