२०७७ कार्तिक ६, बिहीबार

समृद्ध प्रदेश बनाउछु : खत्री

सुर्खेत । स्थायी सरकार निर्माण गर्नका लागी तथा विभिन्न विकृति र भष्ट्राचार अन्त्य गर्न आफुले उमेद्वारि दिएको सुर्खेत क्षेत्र नम्वर १ ९ख० का प्रदेश सभाका उमेद्ववार खड्क खत्रीले बताउनु भएको छ ।
वाम गठवन्धनले लेकवेशी नगरपालीका वडा नम्वर ४ दशरथपुरमा गरेको कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सुर्खेत वीरेन्द्रनगरको धुलीयाविट हुदैँ गुर्भाकोट नगरपालीकाको गुमि सम्म जाने सडकलाई कालो पत्रैे गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताउदै आफ्नो प्रदेशमा मध्यपहाडी सडक संचालनमा ल्याउने बताउनु भएको छ ।

ख प्रदेशमा स्वास्थ्य समस्या धरै रहेको र आफुले जितेमा तेस्ता समस्या अन्त्य गर्न पहल गर्ने खत्रीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा माओवादी केनद्रकी पोलिटब्युरो सदस्य एवं वाम गठबन्दनवाट समानुपाकि तर्फकी उमेद्ववार सिता नेपालीले निर्वाचन पछि पार्टि एकता गर्ने सहमती भए अनुसारनै यो निर्वानमा तालमेल गरिएको बताउनु भयो ।

वाम एकता विना कुनै पनि काम सफल नभएको दावी गर्दै नेपालिले सम्पुर्ण मतदाता तथा कार्याकर्ताहरुलाई प्रदेससभाका उमेद्ववार खत्रीलाई जितानै पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य यज्ञ प्रशाद ढकाल, डण्डी प्रसाद शर्मा, लेकवेशी नगरपालीकाका प्रमुख गगन सिं सुनार लगायतले सम्वोधन गर्नु भएको थियो ।