२०७७ कार्तिक ३, सोमबार

संयोजन समिति गठन

सुर्खेत, कार्तिक । एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन र माओवादी केन्द्र समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठलाई एउटै बनाउनका लागि संयोजन समिति गठन गरिएको छ ।

दुई ट्रेड युनियनलाई एउटै बनाउने उद्देश्यका मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले समायोजन समिति गठन गरेको हो । भेलाले लालबहादुर खत्रीको संयोजकमा सात सदस्यीय संयोजन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा केशर कुमार चपाई रहेका छन् भने सदस्यहरुमा, राजेश आचार्य, हेमन्त चुनारा, रामभक्त अधिकारी, ललिता बोगटी र अम्मरबहादुर राना रहेका छन् ।

भेला नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यता, नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिवालय सदस्य शरणबहादुर बडुवालको विशेष आतिथ्यता र नेपाल निजामति कर्मचारी संगठ सुर्खेतका अध्यक्ष लालबहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।