२०७७ मंसिर १३, शनिबार

काग्रेसको चुनावि कार्यक्रम

सुर्खेत, कार्तिक ।  सुर्खेतमा कांग्रेस उम्मेदवारहरुले आसन्न निर्वाचनका क्रममा गाउँगाउँमा पुगी मतदातासंग भेट गरी मत मागेका छन् ।

यसैक्रममा सुर्खेत क्षेत्र नं। १ का प्रतिनिधिसभाका लागि उम्मेदवार एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले आफू सांसद भएदेखि नै सुर्खेतको विकास निर्माणको काममा क्रियाशील रहेको बताउँदै आगामी दिनमा पनि थप क्रियाशील हुने प्रतिवद्धता जनाए । उनले कांग्रेसकै नेतृत्वमा संविधान बनेको र यसको कार्यान्वयनका लागि पनि निर्वाचनमा कांग्रेसलाई नै जिताउनुपर्ने उल्लेख गरे ।

यसैगरी वीरेन्द्रनगर ११ को अमृतडाँडामा आयोजित चुनावी भेलामा बोल्दै कांग्रेस सुर्खेतका सभापति एवं क्षेत्र नं। २ क का उम्मेदवार कमलराज रेग्मीले सुर्खेतमा कांग्रेसले जनताले देखिने गरी विकास गरेको हुँदा यसपटकको निर्वाचनमा कांग्रेसलाई जिताउन आव्हान गरे् ।