२०७७ कार्तिक ८, शनिबार

स्थाई सरकारका लागि बाम गठबन्धन : विष्ट

सुर्खेत, कार्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलत वाम गठबन्धनले मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउपालिकामा चुनावी सभा सम्पन्न गरेको छ । दोस्रो चरण अन्र्तगत मंसीर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन अनुरोध गर्दै गठबन्धनले पश्चिम सुर्खेको विकासका लागि गठबन्धनको जित आवश्यकता पर्ने दाबि गरेको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा क्षेत्र नंबर २ मा गठबन्धनका उम्मेद्धवार नवराज रावतले आफुले चुनाव जितेका १ वर्ष भित्रै सदरमुकाम सम्म पुग्ने सडकको विकास र विस्तार गर्ने बताएका छन ।

यस्तै प्रतिनिधी सभा क्षेत्र नंबर २ ख का उम्मेद्धवार बिन्दमान बिस्टले स्थायी सरकार निर्माणका लागि वाम गठबन्धनको जित आवश्यकता रहेको औल्याउँदै आफुले जितेमा पश्चिम सुर्खेतको गुटुलाई आधुनीक अवधारणमा विकास गर्ने प्रतिवद्धता जनाए ।

सभामा माओवादी केन्द्रका सचिवालय सदस्य पुष्पा घर्ति, केन्द्रिय सदस्य नरबहादुर बिस्ट, नेकपा एमालेका जिल्ला सचिव तथा प्रतिनिधी सभा क्षेत्र नंबर २ ख का चुनावी कमान्डर मोहन बडुवाल, अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पञ्चा सिंह लगायतले विकास र समृद्धिका लागि वामगठबन्धनको जित आवश्यकता रहेको भन्दै वाम गठबन्धनका उम्मेद्धवारलाई दुई तिहाई बहुमतले विजयी गराउन आग्रह गरेको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष जगत ढकालले जानकारी दिए ।