२०७७ मंसिर १४, आईतवार

मप विश्वविद्यालयमा नयाँ शक्तिको विद्यार्थी युनियनलाई झड्का संयोजक अधिकारी अखिल क्रान्तिकारीमा प्रवेश

News ..........सुर्खेत, साउन ३१ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्ववियु निर्वाचन नजिकिएसँगै नयाँ शक्ति नेपाल पार्टीको नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य तथा मप विश्वविद्यालय केन्द्रीय संयोजक हर्कदेव अधिकारी अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् ।

अधिकारीले आइतबार विज्ञप्ति निकाली आफूले नयाँ शक्ति पार्टीको साधारण सदस्यतासमेत परित्याग गरी नेकपा माओवादी (केन्द्र)को अखिल क्रान्तिकारीमा प्रवेश गरेको जानकारी गराएका छन् । विज्ञप्तिमा आफू नयाँ शक्तिको स्थापनाकालदेखि विद्यार्थीको नेतृत्व गर्दै आएको तर त्यस नयाँ शक्ति पार्टी र विद्यार्थी संगठनका बारेमा विविध भ्रम र यथार्थलाई राम्रोसँग बुझ्ने मौका पाएको प्रष्ट पारेका छन् ।

देशको आर्थिक सम्बृद्धि, सुशासन, पारदर्शिता, समतामूलक र समावेशी लोकतन्त्रको नारा केबल नारामा मात्र सीमित भएको र आम जनतालाई भ्रम पारेको स्पष्ट जानकारी पाएपछि आफूले साधारण सदस्यसमेत नरहने निर्णय गरी माओवादी (केन्द्र)को अखिल क्रान्तिकारीमा आबद्ध भएको जानकारी गराएका छन् ।

साथै अधिकारीले आगामी भदौ ८ गते हुने स्ववियु निर्वाचनमा माओवादी केन्द्रको अखिल क्रान्तिकारीको नेतृत्वलाई निर्वाचित गर्न सबै विद्यार्थीहरुलाई अपिल गरेका छन् ।