२०७७ मंसिर ८, सोमबार

विवेकशिल साझाको चुनावि सभा, अन्य पाटिले केहि गर्दैनन् : प्रसाई

सुर्खेत, कार्तिक । आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन लाई लक्षित गरि विभिन्न पार्टिहरुले चुनावी सभा घरदैलो र प्रचार प्रसार लाई तिब्रता पारिरहेका बेला विवेकशिल साझा पार्टिले पनि मंगलवार पहिलो पटक चुनावी सभा विरेन्द्रनगरमा गरेको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै विवेकशिल साझा पार्टिका केन्द्रीय सदस्य डा दिनेश प्रसाईले अहिलेको बाम र लोकतान्त्रीक गठबन्धन नक्कली र लुट गठबन्धन भएको टिप्पनी गरेका छन ्। उनले नेपालमा ठुला पार्टि भन्नेहरुले देशमा लुटतन्त्र मच्चाई रहेको आरोप समेत लगाए ।

कुनै पनि हालतमा केपि र प्रचण्डले बामको नेतृत्व गर्न नसक्ने बताउदै बाम पन्थ भनेको गोलाकार भित्रको हसिया हतौडा र सुर्य नभएको बताए । नेपाली कांग्रेसमा ईमान्दारीता र बफादारीता सखाप भैसकेको भन्दै प्रसाईले कांगेसको झण्डामा भएका चार तारा हराई सकिएको समेत आरोप लगाए । ईमान्दाररी नेता लाई नभई पैसा र गुण्डाहरुलाई कांग्रेसले टिकट दिएको उनको दावी थियो ।

भेलालाई सम्बोधन गर्दै विवेकशिल साझा पार्टि प्रदेश नम्वर ६ का संयोजक एवम समानुपातिक उम्मेद्धार गेहेन्द्र प्रसाद दाहालले आफना्े पार्टिले प्रविधिक ज्ञानसिप ,दक्षता , क्षमतावान सक्षम र शिक्षीत उम्मेद्धार उठाएको बताए ,उनले डाक्टर र ईन्जिनिएर र अति प्रसितष्ठित व्यक्तिहरुलाई मात्र नेतृत्वको जिम्मा दिएको बताए ।

आफुहरु कसै संग प्रतिस्पर्धा गर्न नभई नेपाली हरुलाई नागरिक भएर बाच्न सिकाउन उम्मेदवार भएको प्रष्ट पारे् । खाडीमा बस्ने नेपालीको पिडा कम गर्न, अभाव र गरिबिको बाँच्न बाध्य पारिएका नागरिकलाई न्याय दिन विवेकशिलको जन्म भएको दावी गरे । उनले नयाँ राजनितिक संस्कार बसाल्न र पुराना पार्टिहरु लाई परास्त गर्दै नयाँ विकल्पका साथ नेपाल लाई सम्बृद्धिको बाटोमा लिने स्पष्ट खाका सहित आएको बताए । अहिलेको चुनावमा आफ्नो पार्टि राष्ट्रिय पार्टि हुने उनले बताए ।

यस्तै भेलामा उम्म्ोद्धारको परिचयात्मक कार्यक्रम पनि रहेको थियो प्रतिनिधि सभा क्षेत्र नम्वर १ का उम्मेद्धार रम्मा आर्चाय , प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्मेद्धार डा गोविन्द प्रसाद आर्चाय , प्रदेश २ क का उम्म्ेद्धार ओमदत्त रेग्मीले ले अवको विकल्प साझा पार्टिनै भएकाले आपुहरुसंग सम्बृद्ध सुर्खेत बनाउने स्पष्ट खाका भएकाले आफुहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।