२०७७ मंसिर ११, बिहीबार

जिल्लामा १ सय ३८ मतदान स्थल, निर्वाचन शान्तिपुर्ण बनाउन सबैको महत्वपुर्ण भुमिका

सुर्खेत, कात्तिक । निर्वाचनलाई शान्तिपुर्ण निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले बताईन । सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन आयोगको कार्यालयले पत्रकारहरुसँग गरेको अन्तक्रियामा निर्वाचन अधिकारी सुनिता थापाले पत्रकार सुचनाको संवाहक भएकाले निर्वाचनको समयमा सही ढंगले सुचना सम्प्रेषण गरी निर्वाचनलाई संयमित बनाउन आग्रह समेत गरिन ।

मतदातालाइ मतदान गर्ने तरिकाबारे जानकारी गराउन १ सय ३८ मतदानस्थलमै मतदाता शिक्षा कार्यकर्ता परीचालन गरीसकीएको अधिकारी सुनीता थापाले जानकारी दिईन ्। गत भदौ ५ गते सम्म १८ वर्ष पुरा भई मतदाता नामावलीमा नाम दर्ता भएका नागरीकले प्रतीनीधी र प्रदेशसभा चुनावमा मतदान गर्न पाउने बताउदै निर्वाचन अधिकारी थापाले मतदाताले यस पटक हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ३ पटक ३ वटा स्थानमा भोट हाल्नुपर्ने जानकारी दिईन ।

थापाले ३ वटा मत पत्रमा गोप्य छाप लगाई ३ वटै मतपेटीकामा मतदान गर्नुपर्ने बताउदै प्रतिनीधी सभामा प्रत्यक्ष तर्फका उम्मेद्धारलाई हरीयो रङको मतपत्रमा र प्रदेश सभामा प्रत्यक्ष तर्फका उम्मेद्धारलाई कालो रङको मतपत्रमा छाप लगाइ मतदान गनुपर्ने जानकारी गराईन । यस्तै अधिकारी थापाले समानुपातीक उम्मेद्धारलाई मतदान गर्दा हरीयो र कालो बाहेकको रातो वा अन्य जुनसुकै रङको मतपत्र पनि हुनसक्ने भएकोले मतपत्रको माथील्लो भागमा प्रतिनीधी सभाका उम्मेद्धार र तल्लो भागमा प्रदेशसभाका उम्मेद्धारलाई मतदान गर्नुपर्ने स्पष्ट पारिन ।

थापाले जिल्लामा निर्वाचनको लगभग ९५ प्रतिशत तयारी पुरा भएको पनी बताईन ।  गत बैसाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा सुर्खेतमा ५ प्रतिशत मत बदर भएको भन्दै अधिकारी थापा यसपटक थप मतदाता शिक्षा कार्यक्रम गरेकाले बदर मत संख्या घट्ने दावी गरिन । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले निर्वाचनलाई स्वस्छ, मर्यादीत र सफल बनाउनमा पत्रकारहरुको भुमिका महत्वपूर्ण भएकोले सबै पत्रकारले निश्पक्ष रुपमा निर्वाचन सफल गराउन सहयोग गर्नुपर्नेमा जोड दिए । साथै भारतीले सम्पूर्ण संञ्चारमाध्यमहरुले पनी निर्वाचनको समयमा आचारसंहिता पालना गर्नुपर्ने बताए ।

आगामी मंसीर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनीधी सभा निर्वाचनमा सुर्खेतमा २ लाख ४ हजार ५सय ७७ जना मतदाताले आफ्नो मताधीकारको प्रयोग गर्न पाउने निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ । २ निर्वाचन क्षेत्र रहेको सुर्खेत जिल्लामा २ सय ६३ मतदान केन्द्र रहेका छन् भने १ सय ३८ मतदानस्थल रहेका छ् ।

यसैबिच, कार्यक्रमपछि पत्रकारहरुले पनि निर्वाचन कार्यालयमा नै नमुना मतदान गरेका थिए । उनीहरुले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा हरियो रङ अंकित निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई मतदान गरेका छन् । त्यसैगरी, प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्रमा कालो रङका निर्वाचन चिह्नमा नमुना मतदान गरेका छन् । अन्त्यमा ती मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसालेर नमुना मतदान सम्पन्न गरेका हुन ।