२०७७ मंसिर १६, मंगलवार

वीरेन्द्रनगर सम्वृद्ध बनाउने ‘भिजन’ मसंग छः कंडेल

सुर्खेत, कात्तिक । नेकपा एमालेका नेता यामलाल कंडेलले वीरेन्द्रनगर सम्वृद्ध बनाउने भिजन आफूसँग मात्रै रहेको दाबी गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ (क) प्रदेश सभाका वाम गठबन्धनका साझा उम्मेदवार कंडेलले बुधबार वीरेन्द्रनगर –१० मा घरदैलो कार्यक्रमपछि कोण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

वीरेन्द्रनगरलाई छैटौं प्रदेशको नमुना तथा सुविधा सम्पन्न राजधानीका रुपमा विकास गर्न वापन्थीहरुको सरकार आवश्यक रहेको भन्दै उनले मतदाताहरुलाई वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे । ‘हाम्रै पालमा विकासको लहर आउँछ,’ कडेलले भने, त्यसका लागि तपाइँहरुको मत आवश्यक छ ।’ आफ्नो उम्मेदवारी समग्र प्रदेशको समृद्धिका लागि भएको उनले जिकिर गरे । ‘मसंग विकासको खाका छ, प्रदेश समृद्ध बनाउने उत्साह छ,’ नेता कडेलले भने । वाम गठबन्धनका उम्मेदवारहरुले जनतासंग गरेका बाचा र प्रतिवद्धता कार्यान्वयन गरेरै छाड्ने उनको भनाई थियो ।

आफू निर्वाचित भए वीरेन्द्रनगरको गुरुयोजना पुनरालोकन, निर्माण र कार्यान्वयन, उपत्यकाको चक्रपथ निर्माण तथा सञ्चालन, सुविधा सम्पन्न सिटी अस्पतालको स्थापना र सडक पूर्वाधार खानेपानीलगायतका क्षेत्रमा उल्लेखिय काहरु गर्ने नेता कंडेलले मतदातासंग प्रतिवद्धता व्यक्त गरे ।
यसैबीच, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले वाम गठवन्धनको पक्षमा व्यापक जनलहर रहेको बताएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि अरु दलमा आवद्धभन्दा आफूहरुले जनपक्षिय काम गरिरहेकाले नागरिकहरु अझै आकर्षित भएका उनीहरुको भनाई छ । वीरेन्द्रनगर नगरपालिकाभित्रका वडामा निर्वाचित भएका र नगर उपप्रमुख मोहनमाया ढकालले अहिले झन वामपन्थी गठवन्धन र पार्टी एकताको कुराले लोकप्रियता बढाएको बताईन् ।

नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा सुर्खेत क्षेत्र नम्वर २ (क) का प्रत्येक्ष उम्मेदवार यामलाल कँडेलसँगको औपचारिक भेटघाटमा उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले पहिलो प्रदेश सरकार वामपन्थीकै बनाउनुपर्ने भएकाले पनि मतदाताले सोचेरै क्षेत्र नम्वर २ (क) का उम्मेदवार कँडेललाई मतदान गर्नुपर्ने बताएका छन् । प्रदेशकै राजधानीभित्रै व्यक्तिलाई मुख्य मन्त्री बनाउनका लागि नागरिकको मत वामपन्थी गठवन्धनमा आउनेमा आशावादी रहेको समेत जनप्रतिनिधिहरुले बताएका छन् ।