२०७७ कार्तिक ११, मंगलवार

सिमान्तकृतलाई सम्मान गर्न सिकौ

अपांगता भएका व्यक्तिहरुका लागि अहिले पनि राज्य बेखबर जस्तै छ । अहलिेपनि सिमान्तकृत समुदायभित्र दशौ हजार अपांगता भएका व्यक्तिहरु छन । राज्यले कम्तीमा कति छन अपांगता भएका व्यक्ति भन्ने पनि रेकर्ड वा तथ्यांक राज्यसंग छैन । उनिहरुका अधिकारहरुको अवस्था त झन दयनिय नै छ । यो अवस्थामा उनिहरुको मानबअधिकारको हनन् भएको कुरा कस्ले सम्झीदिने , कस्ले उनिहरुको बारेमा आवाज उठाउने ।

अहीले पनि राज्यले अपाङ्गता सम्वन्धी बनाएको निति कार्यान्वयन दवाब दिन तथा अपांगताका सवाललाई मानव अधिकारको दृष्टिकोणसंग जोडेर हेर्न पनि कुनै सयन्त्र छैन । मानव अधिकार सवैका लागि समान हुने भएकाले समाजमा पछि परेको बर्ग अपांगताको सवालमा राज्यले काम गर्नुपर्नेमा अहीलेसम्म कुनै काम गर्न सकेको छैन । नेपालको कानूनले अहिले पनि अपांगता भएका व्यक्तिहरुका लागि धेरै अधिकारको ग्यारेण्टी गरेपनि यस्को कार्यन्वयनमा अहिलेपनि चुनौतिपुर्ण छ । राज्यले निर्माण गरेका हरेक कानुनमा अधिकारको ग्यारेण्टी गरेपनि कार्यान्वयनमा प्रथामिकता दिन नसकेका कारण अपांगताको सवाल अरु भन्दा पछि परेको छ ।

अहिलेपनि सबैले आफ्नो अधिकार प्राप्त गर्नुभनेको कानुन सम्बत अधिकार प्राप्त हुनु हो । त्यसकारण अपांगता भएको व्यक्तिहरुको मानव अधिकारमा समानता दिन सवैको उत्तिकै दायित्व हो । राज्यले गर्नुपर्ने आफ्नो दायित्वबाट पन्छिएपनि हामि हाम्रो सामाजिक र मानविय दायित्वबाट नपन्छिऔ । हामीले अपांगता भएकाहरुका लागि सम्मानित व्यवहार र अबसर प्रदान गरौ ।